
जाडो मौसम सुरु भइसकेको छ। मौसमको बदलावसँगै चिसोसँग सम्बन्धित विभिन्न रोगले सताउन सक्छ। रुखा, खोकी, ज्वरो मात्र नभई टन्सिलको समस्याले पनि धेरैलाई पिरोल्ने गर्छ। मौसम परिवर्तनका बेलामा शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरू र बालबालिकालाई टन्सिलले दुःख दिन सक्छ।
टन्सिल के हो ?
घाँटीको प्रवेश बिन्दुमा दुई वटा पिलरजस्ता ग्रन्थी हुन्छन्। यसलाई लिम्फ ग्रन्थी वा लिम्फ नोड पनि भनिन्छ। यसले कीटाणुविरुद्ध लडेर शरीरमा कीटाणुको प्रवेशलाई समेत रोक्ने काम गर्छ। यसले शरीरको रोग प्रतिरोधक क्षमतालाई बढाउने कार्य गर्छ ।
टन्सिल कसरी हुन्छ ?
तिनै ग्रन्थीहरू आफैंमा कीटाणुद्वारा संक्रमणको सिकार हुन सक्छन्। यस्तो अवस्थामा ती फुलेर राता हुन्छन्। यदि ती टन्सिल भाइरसका कारणले फुलेका हुन् भने ती राता मात्रै हुन्छन्, तिनमा पीप जमेको हुँदैन। तर यदि ब्याक्टेरियाको कारणले हो भने सेतो पीपजस्तो पदार्थ पनि जमेको देखिन्छ।
उपचार
नुन पानी : घाँटी दुखेको वा खानेकुरा निल्न गाह्रो भएको महसुस हुनेबित्तिकै नियमित नुन पानीले कुल्ला गर्नु आवश्यक छ । त्यसैगरी चिसो, काँचो र कचिलो खानेकुरा खानु हुँदैन । चिसो र तातो सँगसँगै खानु हुँदैन । मुखको स्याहार, सरसफाइ र कुल्ला गर्ने बानी बसाल्नुपर्छ।
चूक अमिलोको प्रयोग : चूक अमिलोमा पनि एन्टी ब्याक्टिरियल गुण हुन्छ । जो टन्सिलको समस्याबाट आरम दिनका लागि सहायक हुन्छ । भिनेगर आजकल बजारमा सहज रुपमा उपलव्ध हुन्छ । यसलाई पानीमा मिलाएर कुरा गर्न गर्न सक्नु हुन्छ । यो चिसो र फ्लूको भाइरससँग भिड्न पनि सक्षम हुन्छ ताथ यी विरामी हुनबाट जोगाउँछ ।
अत्याधिक पानी : टन्सिलबाट आराम चाहिएको खण्डमा अत्याधिक पानी पिउनु जरुरी छ । सूप, जूूस तथा अन्य पेय पर्दाको प्रयोग बढी गर्नु आवश्यक छ । पानी पिउँदा गला चिसो रहन्छ । तर पेयपदार्थमा चिया, कफी या रक्सीलाई भने पूर्णरुपमा त्याग्नु पर्छ ।
साथै पटकपटक टन्सिल भइरहे शल्यक्रिया गरेर यसलाई निकाल्नु नै उचित हुन्छ । वर्षमा तीन चार पटक टन्सिल पाकिरह्यो भने यसलाई निकाल्नु पर्छ। दुई वर्षमा तीन पटकसम्म वा पाँच सात वर्षसम्म बर्षेनि टन्सिल पाकिरहे पनि यसलाई शल्यक्रियामार्फत झिकेर फ्याक्नु नै स्वास्थ्यका लागि लाभदायक मानिन्छ।
क्षयरोग वा अन्य दीर्घकालीन रोगमा पनि टन्सिल बढ्न सक्छ । त्यसैगरी ल्युकेमियालगायतका रगतसम्बन्धी क्यान्सरका बिरामीलाई पनि टन्सिल बढिरहन सक्छ । त्यसैले टन्सिल त हो नि भनेर लापरबाही गरेर बस्नु हुँदैन । रोग लाग्नै नदिन सावधानी अपनाउने र लागेपछि चिकित्सकसँगको परामर्शमा उपचारमा लाग्नु जरुरी हुन्छ ।
रोगका लक्षणहरू
– घाँटी दुख्ने र निल्न गाह्रो हुने हुन्छ ।
– कहिलेकाहीँ कान पनि दुख्छ ।
– ज्वरो आउने र जिउ दुख्ने पनि हुन्छ ।
– ब्याक्टेरियाको संक्रमणले भएको टन्सिलमा रक्त परीक्षण गर्दा श्वेत कोषिकाहरूको संख्या बढेको पाइन्छ ।