सुशीलाले हटाएको स्वकीय बालेनले ब्युँताए, सचिव सरह तलब–भत्ता बढाउने तयारीमा अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सांसदका स्वकीय सचिवहरूको तलब, पारिश्रमिक तथा फिल्ड भ्रमण भत्तालाई सचिव सरह वा समयानुकूल बनाउन सरकार सकारात्मक रहेको बताएका छन् ।

प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा उनले स्वकीय सचिवहरूको सुविधा वृद्धि गर्ने विषयमा सरकार उदार रहेको उल्लेख गर्दै आवश्यक कानुनी प्रक्रिया पूरा गरेर भत्ता तथा अन्य सुविधालाई समयसापेक्ष बनाइने बताए ।

उनले नेपाल राष्ट्र बैंक ऐन संशोधन र सञ्चालक समितिको सदस्य संख्या निर्धारणका विषयमा पनि विधिसम्मत र खुला छलफल गर्न सरकार तयार रहेको बताए ।

उनले सचिव सरह तलब–भत्ता उपलब्ध गराउने तयारी गरेको अर्थ मन्त्रालय स्रोतले बताएको छ । यसअघि सुशीला कार्की नेतृत्वको सरकारले सांसदका लागि स्वकीय सचिव हटाएको थियो । तर, बालेन सरकारले पुनः ब्युँताएको छ ।

प्रकाशित मिति : २०८३ साउन २ गते शनिवार
प्रतिक्रिया दिनुहोस