समाजवादी बाटोका लागि सहकारीमा क्रम भंगताको आवश्यकता

हाम्रो जस्तो देशमा समाजवादी आन्दोलनको लागि सहकारीको महत्वपूर्ण योगदान रहन्छ भन्ने कुरामा दुइमत हुदैन । किन भने सहकारी विकासका लागि संघियताको मर्म भावना र उत्पिडित वर्ग क्षेत्र बेरोजगारलाई स्वरोजगारमा बदल्न आर्थिक, सामाजिक, साँस्कृतिक तथा राजनितिक मुलधारमा ल्याउन संबिधानमा उल्लेखित तीन खम्बे आर्थिक नीतिलाई तीन पिलरको आधारमा सरकारी, सहकारी र निजि गरि तीन पिलरलाई अलग अलग खडा गरि तिनै पिलरको सहभागितामा ठुला आर्थिक उत्पादनका क्षेत्र निर्माण गर्न सकिन्छ। तर सहकारीमा तिनै क्षेत्रका मानिसहरु मध्ये सरकारी तलव भत्ता, पेन्सन आदि सुविधा लिएका वर्ग, निजि कम्पनी र व्यवसाय वा उद्योगी पूजिँपति वर्ग र सर्वहारा, श्रमजिवि, कृषक, कालिगड, निम्न आय समूह र सर्वसाधरण उपभोक्ता समेतलाई एकैठाँउमा राखेर सहकारीको धर्म विपरित सरकारी लाभको पदमा रहेको नोकर शाह वर्ग, निजि कम्पनीका मालिक पूँजीपति वर्ग र लक्षित समूहका मानिस लाई सहकारीमा समावेस गर्ने व्यवहार बाघ, बाख्रो र साग एउटै कम्पाउडमा राखेर आ आफ्नो आर्थिक बिकास गर भने जस्तो भएको छ।

आजभोली रेडियो पत्र पत्रिका टेलिभिजन समाचार अनलाईन, सामाजिक संजाल हेरेयो कि सहकारीका संचालकले सहकारीमा बचत गरेको रकम हिनामिना वा दुरुपयोग् केही फरार केही पक्राउ परि जेल चलान, रेडक्रनर नोटिस जारी, बचत क्रताहरुको कडोरौ रकम गायव एउटै सहकारीले देशका कैयन शहरहरुमा सहकारी साझा बन्धनको मापदण्ड बिपरित कथित शाखा खोली ठगिधन्दा संचालन गरेको भन्ने समाचार आईरहेका छन्। ती मानिसहरु कहि न कहि राजनितिक पार्टीसंग पनि जोडिएका छन् जसका कारण सहकारी पिडित हरुको संख्या दिनानु दिन बढदै गएको छ। यस्ता समाचारले सहकारी उद्यमशिलता, सहकारी उत्पादन सहकारी, बजारि करण, सहकारी ट्रेडमार्क, संचार प्रणाली, सहकारी ग्रामिण अर्थतन्त्र, रोजगारी र गरिवि निवारण जस्ता अहम र महत्वपूर्ण सहकारीका बिषेशता माथिनै धावा बोल्ने काम भैरहेको छ। सहकारी अभियान्ता हरुले यसको अनुगमन, कार्वाहीको सिफारिस समाधान को अभियान संचालन नगर्नु आफैमा रहष्यमय छ । सहकारीको जन्म यस्तो कामको लागि भएको थिएन।
सन् १८४४मा यूरोपको ओंद्योगिक क्षेत्रमा यान्त्रिक करण हुँदै गर्दा मजदुर वर्गमा पर्नगएको असर काम नपाउनु,कामपाए पनि कम पाउनु ले बढदै गएको बेरोजगार को सामना गर्न बेलायतको मेनचेस्टर शहर नजिकै रेचडोल समुदायका २८ जना कारखाना मजदुर मिलेर् १÷१ पाउण्ड जम्मागरी २८पाउण्डमा दैनिक उपभोग्य बस्तु हरुको भण्डारण उपभोक्ता सहकारी गठन गरि आफ्ना सदस्यहरुलाई बिचौलियाको शोषण बाट बचाउने र सदस्य हरु लाई राहत प्रदानगरी उत्पिडनबाट जोगाएको ईतिहास तपाईं हाम्रा अगाडि छरलङग छ। नेपालको सहकारी ईतिहासमा चितवनको माडि नदिले २०१३ सालमा गाउँ गाँउमा बाडिले ठूलो धनजनको क्षति पुराई त्याहाँका जनतालाई पिडित बनाएको थियो उनीहरुलाई उद्दार र राहतको लागि नेपाल सरकारको पहलमा बखान उपभोक्ता भण्डारण सहकारी को स्थापना गरि बिपत्तिमा सहयोग पुराएको ईतिहास पनि स्मणयोग्य छ। भनिन्छ सहकारी गरिवको समाउने लठ्ठि हो। सहकारी लाई समाज सास्त्रीले भनेका छन् सहकारी सामाजिक उत्पिडनबाट मुक्ति पाउने साधन हो।सहकारी लाई राजनितिक अर्थ शास्त्रीको भाषामा बिचौलिया को शोषण बाट मुक्ति पाउने उपाय हो।

सहकारी एक ब्यावशायी कौशलता पनि हो । तर आज ूठगिको साधन बनेको देख्दा सहकारी प्रेमि हरुको लानि दुखदायी कुरा हो । बिचौलिया दलाल र नव धनाढ्य हरुको कालोधनलाई सेतो बनाउने कडिको रुपमा देखा परेको छ। के सहकारीहरु खराबमात्र छन् ? त्यसो पनि होईन कैयन उत्पादन,बजारी करण, श्रमिक सहकारीहरुले राष्ट्रिय आयमा ठूलो योगदान पनि पुराएका बचत गरी आय आर्जन को कार्यमा लगाएका श्रवरोजगार भएका प्रसस्त ऊधारण हरुपनी छन्। सहकारी ऐन र नियमावलीको प्रस्थापनामा उल्लेख भएको शाझाबन्धन र सवालम्बनमा आधारित भएर कृषक, कालिगढ, श्रमिक, न्यूनआय समूह,गरिविको रेखामुनी रहेको समुदाय एवं सर्व साधारण उपभोक्ताको लागि भनी किटान गरियको बिषयलाई सहकारी दर्ता अधिकारी ले लक्षित समूहको पहिचान नगरि दर्ता गर्नु नियमन निकायले सहि नियामन गर्नु को सट्टा नव धनाढ्य वर्ग, सुतखोर प्रवृति र कालोधन लाई चोख्याउने काममा सहयोग पुग्ने कृयाकलापलाई बढवा दिनु राजनिति भाग बण्डामा बचत ऋण सहकारीका मालीकहरु नै सहकारी महासंघको नेत्रृत्वमा हावि हुनु खराव सहकारीका संचालकहरुलाई राजनितिक संरक्षण हुनु सहकारी बोर्डले पनि ऐन कानुनमा सुधार गर्नुको सट्टा परम्परागत बिडो थाम्नु सहकारी बिभाग र मंत्रालय ले आफ्नो लक्षित समूहतिर भन्दा आफैतिर आकर्षित हुनु आदि समस्यावाट सहकारी क्षेत्रलाई मुक्त बनाउन सके मात्र सहकारी क्षेत्रले ग्रामिण अर्थ तन्त्रको विकास र रोजगारि तथा स्वरोजगार सृजना गर्न सकिन्छ। सहकारीमा सामान्य सुधारबाट अब लयमा फर्काउन सकिने अवश्था छैन।

सहकारी लाई ग्रामिण अर्थतन्त्र को मेरुदण्ड बनाउने हो भने निम्न प्रकारको ब्यवश्थापन आवश्यक छ ।

१.सहकारी बिभाग लाई जिम्मेवार बनाउने र बोर्डलाई खारेज गर्ने ।
२. बिषयगत ब्यवस्था हटाउने ।
३.सबै सहकारीले सदस्य केन्द्रित बचत जम्मा गरि उत्पादन क्षेत्रमा लगानी गर्ने ।
४.पैसाको कारोवारको जिम्मा सहकारी बैकलाई मात्र दिने साथै सहकारी बैंकको नियामन को जिम्मा राष्ट्रबैक लाई दिने ।
५.सहकारी ऐनको प्रस्थापना मा उल्लेखित लक्षित वर्ग समुदाय लाई मात्र सहकारी सदस्य बन्ने योग्यता तोक्ने ।
६.ऋण बचत सहकारी लाई उत्पादन क्षेत्रमा जान समय सिमा तोक्ने ।
७.सहकारीलाई उत्पादन,बजारी करण, श्रमिक (निर्माण), स्वाश्थ्य, शिक्षा र संचार क्षेत्रमा कामगर्ने क्षेत्राधिकार तोक्ने ।
८. नेटवर्किङ, सहकारि उद्योग र बजारी करणको लागि संघिय महासंघ, प्रदेशमा संघ र स्थानिय तहमा संघ र संस्था रहनेगरि संरचना बनाउने ।
९. स्थानिय तहमा सहकारी सम्बन्धि काम घनिभूत रुपमा अघि बढाउन दक्ष जनशक्ति को बिन्यास गर्ने ।
१०. तिनैतहमा सैधान्तिक एवं ब्यावशायिक ज्ञान सहितको नियामन निकाय को अनिवार्य ब्यवश्थापन गर्ने ।
११. जिल्ला संघ लाई खारेज गर्ने ।
१२. सहकारि दर्ता अघि समूहगत उत्पादनको अभ्यास र पूर्व सहकारी शिक्षामा उतिर्ण भएको तथा सहकारी कर्मि हुन तयार छु भनी स्वघोषणा गरेको हुनुपर्ने। १३. उध्योग बाणिज्य,सरकारी कर्मचारी,लाभको पदमा कार्यरत छैन भनी स्वघोषणा गर्ने ।
१४.माथिका बिषयमा सम्बोधन गर्न सहकारी ऐनमा समायानुकुल परिमार्जन र संशोधन गरि देशलाई दलालि करणबाट रोक्ने ।
१५. सहकारी संस्थाको कार्यक्षेत्र साझा बन्धनको आधारमा एक वडा वा बढिमा एक पालिका तोक्ने
१६. देशभर र प्रदेशभर कार्यक्षेत्र भयका सहकारी संस्थाहरुलाई पालिका रोज्ने मौका प्रदान गर्ने ।
१७. पालिका र प्रदेशमा उद्ध्योग वा ब्यवशाय संचालन गर्न बिशिष्टकृत सहकारी संघ खोल्न पाउने ब्यवस्था गर्ने ।

आयातमुखि नव उदारवादी दलाल पूँजिवादी अर्थतन्त्रको ठाँउमा नयाँ संविधान अनुसारको समाजवाद उन्मुख अर्थतन्त्रको घोषणा गरिनु पर्ने र स्वदेशि पूँजीलाई बिदेशिनबाट रोकौ सहकारिताको गर्भबाट समाजवाद को जन्म हुन्छ । सहकारीकै माध्यम बाट ग्रामिण अर्थतन्त्र को बिकास गरौ बिदेशिएका जनशक्तिलाई आशा वादिता जगायर स्वदेश फर्कन आवह्न गरौ राजनितिक आन्दोलनलाई उत्पादनको अभियानमा अनिवार्य गरौ जैविक विवधताले भरिएको हाम्रो देशलाई बैज्ञानिक अध्यन अनुसन्धान हिमाल,पहाड र तराईको वातावरणिय अवश्था एवं बाली विविधि करणको आधारमा फरक फरक उत्पादन समूह र सहकारी मा संगठित गरि वार्ड(वार्डमा उत्पादन ग्रेडिङ भण्डारण र बजारी करण उत्पादनको आधारमा प्रोत्साहन स्वरुप बिउपूँजी प्रविधि उपलब्ध गराई उत्पादन भएको कच्चा पदार्थ को आधारमा कृषि उद्धयोग को स्थापना गरि ग्रामिण अर्थतन्त्र को विकाश सम्भव।

देशमा छरियर रहेको सीप, श्रम, प्रविधि र पूँजी लाई भूगोल, मौसमि वातावरण, अनुसारको क्षेत्र बिभाजन गरि विविध पकेट क्षेत्र निर्माण सहित राष्ट्रिय उत्पादनको घोषणा गरौ हाम्रो देश लाई संसारको सबैभन्दा आत्मनिर्भर स्वाभिमानी नेपाली बिषेशता सहिदको समाजवाद उन्मुख सामाजिक न्याय सहितको समृद्ध मुलुकको बाटोमा अगाडि बढाउन सकिन्छ।ईमान्दारीता पारदर्शिता निष्पक्ष शासन प्रणाली राष्ट्रिय स्वाधिनता र सामाजिक मुक्ति देशभक्ति पूर्ण वैज्ञानिक समाजवाद सम्भव छ आशावादी बनौ ।

प्रकाशित मिति : २०८० फाल्गुन १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस