आज देश संक्रमणकालीन अवस्थामा गुज्रिरहेको छ । यो अवस्था ल्याउनमा जो कुनै प्रकारले उत्तरदायी छैन, तर कुनै पनि अछुतो छैन । किनकि यो अवस्था ल्याउन राजनैतिक दल, संघ संस्था, नागरिक समाज, बुद्धिजिवी सबै उत्तिकै जिम्मेवार छन् जति प्रमुख राजनीतिक दल छन् । देशको भविष्य र निकास अन्यौल छ । अब के हुने हो ? भविष्य कतातिर जाने ? देश र नेपाली जनताको भाग्य रेखा कस्तो हुने । यो प्रश्नको उत्तर जटिल छ । किनकि जुन मुलुकको राष्ट्रियता सवल हुदैन त्यसलाई धेरै समस्या आइलाग्छन्, जसरी प्रतिरोध शक्ति गुमाएको शरीरमा रोगहरु जाइलाग्छन् ।
मुलुक ठूलो हुदैमा बलियो र सम्पन्न हुने त होइन । सानो राष्ट्र पनि बलियो र सम्पन्न हुन्छ । उदाहरणको लागि भिमकाय मानव होस् वा बालक सबैको ज्वरो नाप्ने यन्त्र एउटै हुन्छ । त्यस्तै गरी राष्ट्रको आकार भौगोलिक अनुसार राष्ट्रियता हुने होइन । राष्ट्रलाई आफ्ना उसको इतिहास र संस्कृति हेरिन्छ । आफ्नो राष्ट्रपति त्यस राष्ट्रका जनताको निष्ठा र उद्देश्यमा भर पर्दछ । त्यस राष्ट्रलाई हाक्ने दलहरु र नेतृत्वदायी व्यक्तिहरुको चरित्र र भूमिकामा निर्भर गर्दछ किनकि यो राष्ट्र हाम्रा शुर वीर र दूरदर्शी पूर्खाहरुले आर्जन गरिदिएका हुन् । त्यसैले इतिहास र संस्कृतिमा हामी धनी छौं ।
यो राष्ट्र शक्तिले आर्जित भएको हो, त्यही शक्तिले नै हालसम्म वचाएर राख्यो तर आधुनिक राष्ट्रलाई जीवित रहने आधार अब शक्ति होइन राष्ट्रिय चेतना र समृद्धि चाहिएको छ । राष्ट्र जोगीनकोलागि नया आधार खोजेको छ । नेपालमा राजनीतिक आन्दोलन धेरै भयो जनआन्दोलन २०४६ पछि नेपाली जनताहरुले निर्वाचनबाट नै आशा र भरोसा राखी २०४८सालको आम निर्वाचनमा नेपाली काग्रेसलाई बहुमत दिएर पठाए उसले पुरा कार्यकाल चलाउन सकेन त्यसपछि मुलुकले धेरै क्षति बेहोनु प¥यो झण्डै १२ वर्ष जनयुद्धको नाममा भएको युद्धमा नेपालका अधिकांश सरकारी भौतिक सम्पतीहरु नष्ट भए देश र्जर अवस्थामा पुग्यो फेरि दोश्रो जनआन्दोलन पश्चात नेपालमा स्थिर सरकार भए शान्ति , सुशासन हुन्छ भन्ने नेपाली जनताले नेकपा नामको पार्टिलाई झण्डै दुईतीहाईको बलियो सरकार दिए । उसले पनि पुरा कार्यकाल चलाउन सकेन आपसि बिबादले पार्टि बिभाजित हुन पुग्यो ।
नेपाली जनताले पटक पटक राष्ट्रको रुपरेखा तयार गर्नको लागि सबल र सक्षम नैतिकवान् व्यक्ति ठानी राष्ट्रको नेतृत्व गर्न पठाएका हुन् र तिनीहरुको काँधमा नेपाली जनता र राष्ट्रको भविष्य अडिएको छ । ती जिम्मेवारी पाएका नेतृत्वदायी व्यक्तिहरुले करिब ३ करोड नेपाली जनताको भावना र आकांक्षा अनुसार काम गर्नुपर्ने र तिनीहरुले निर्वाचनको बेला जनताहरुका सामु प्रस्तुत गरेका वाचा कबुल पूरा गर्नुपर्ने दायित्व हो । तर बिडम्बना उनीहरुले सो जिम्मेवारी पूरा गर्न सकेनन् ।सधै अनेक बहाना बनाएर आरोप प्रत्यारोपमा व्यस्त भएका छन् । सरकार फेर बेदलमा मात्र सीमित छन् । सत्ता र कुर्सीको लागि विदेशी शक्तिहरुको चाकडी गरिरहेका छन् ।
राजनैतिक स्वच्छ प्रतिस्पर्धा नगरी प्रजातन्त्रको पगरी गुथेर जनतालाई र राष्ट्रलाई लुट्न पल्किएका छन् । शान्ति, अमन चयन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुको साटो देशलाई अनिवार्यको बन्धीमा पुराएका छन् । उनीहरुलाई केका लागि नेपाली जनताले चुनिएका हुन् त्यो बिर्सिएका छन् । किनकि नेपाली जनताहरुले सरकार फेरबदल, मन्त्री प्रधानमन्त्री बन्ने विदेश घुम्नको लागि सभासद बनाएका होइनन् । तिनीहरुलाई त मुलुकको कार्यदिशा चयन गर्नलाई जिम्मेबारि दिएका हुन ।
निर्माणको लागि समयावधी दुई वर्षको तोकी ६०१ सभासदलाई ठेक्का दिएका हुन् । जिम्मेवारी दिए वाफत राष्ट्रको ढुकुटी (जो जनताको प्रत्यक्ष करबाट उठेको हुन्छ) बाट तिनीहरुलाई तलब, भत्ता सुविधा गाडी गार्ड दिएको छ । यदि दिएको काम जिम्मेबारि पूरा गर्न नसक्ने हो भने तिनीहरुले आफूले लिएको तलब भत्ता मात्र होइन क्षतिपूर्ति समेत नेपाली राष्ट्रलाई बुझाउनु पर्दछ र नेपाली जनताका माझमा माफी माग्नु पर्दछ । तिनीहरुलाई माफी दिने नदिने नेपाली जनताहरुलाई नै फैसला गर्ने अधिकार दिने हो भने केहि हद सम्म सुध्रीन सक्छन् ।
जनताहरुलाई गुमराहमा पारी राष्ट्र लुट्ने पल्केका हरुलाई दल भन्दा माथि उठि सजाय दिन सक्नु पर्दछ । नेतृत्वदायीहरुलाई नैतिकताको आधारमा फेरि नेपाली जनताहरुको माझमा जाने कुनै अधिकार हुनेछन् । यदि जाने दुस्प्रयास गरेमा नेपाली जनताले माफी दिने छैनन् । त्यसपछि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नेपाली शैलीको प्रजातन्त्रको नेतृत्व गर्न सक्ने दललाई छान्ने अधिकार नेपाली जनताले पाउनुपर्दछ । यही नै सही विकल्प हुनेछ ।