मेकअप ब्रश सफा गर्न अपनाउनुहोस् यी सरल उपाय

काठमाडौं । धेरैले हाँसोको रूपमा भन्ने गर्छन्—“म त कहिल्यै मेकअप ब्रश सफा गर्दिन!” तर यसरी बेवास्ता गर्नु तपाईंको छालाका लागि हानिकारक हुन सक्छ। विशेषज्ञहरूका अनुसार नियमित रूपमा मेकअप ब्रश सफा नगर्नु डन्डीफ्लो, एलर्जी, र ब्रेकआउटका मुख्य कारण हुन सक्छ।

कति पटक सफा गर्ने?
छालारोग विशेषज्ञहरूका अनुसार, मेकअप ब्रश विशेषगरी फाउन्डेसन र कन्सिलर प्रयोग गर्ने ब्रशहरू हरेक ७ देखि १० दिनमा एकपटक सफा गर्नु आवश्यक हुन्छ। नियमित सफाइले छालालाई स्वस्थ राख्ननुका साथै ब्रशको आयु पनि लम्ब्याउँछ।

किन आवश्यक छ सफा गर्न?
समयसँगै मेकअप ब्रशमा प्रोडक्ट, मृत छाला कोशिका, र छालाको तेल जम्दै जान्छ। यी सबैले ब्याक्टेरिया बढाउँछ र छालामा पोर्स ब्लक गरेर डन्डीफ्लो र ब्रेकआउट निम्त्याउँछ। सफा ब्रशले मेकअप पनि सुन्दर र सजिलोसँग बस्छ ।

कसरी सफा गर्ने?
१. ब्रश जम्मा गर्नुहोस्: सबै मेकअप ब्रशहरू एक ठाउँमा राख्नुहोस्।
२. क्लिनर तयार गर्नुहोस्: कुनै पनि नरम साबुन, बेबी श्याम्पू वा ब्रश क्लिनर प्रयोग गर्न सकिन्छ।
३. ब्रश भिजाउनुहोस्: ब्रशको ब्रिसल्स (कपाल) मात्र पानीमा भिजाउनुहोस्, फेरुल (धातुको भाग) भिजाउन नदिनुहोस्।
४. साबुनमा घुमाउनुहोस्: ठोस क्लिनर छ भने ब्रशलाई त्यसभित्र घुमाउनुहोस्, तर लिक्विड क्लिनर हो भने हातमा थोरै राखेर ब्रश घुमाउनुहोस्।
५. सफा पानीले पखाल्नुहोस्: आवश्यक परे दुई पटकसम्म धुन सकिन्छ।
६. सुख्खा पार्नुहोस्: ब्रशलाई औंलाले आफ्नो पुरानो स्वरूपमा फर्काउँदै, सिधा राखेर सुकाउनुहोस्।

छिटो डिसइन्फेक्ट गर्नुपर्ने बेलामा टिसुमा अल्कोहोल छर्केर ब्रशलाई त्यहाँ घुमाउनुहोस्।

सजिलो र छिटो हुने यो प्रक्रियाले तपाईंको सौन्दर्यलाई अझ स्वच्छ, प्रभावकारी, र स्वस्थ बनाउन सहयोग पुर्‍याउँछ। तपाईं पनि आजैबाट सुरु गर्नुहोस्—केवल केही मिनेटको यो कामले धेरै फरक पार्छ।

प्रकाशित मिति : २०८२ साउन १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस