प्रतिष्ठानमा पदाधिकारी नियुक्त, डीनमा डा. कृष्णकुमार झा

घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोरमाहीमा नयाँ पदाधिकारी नियुक्त भएका छन् । प्रतिष्ठानको शिक्षाध्यक्षमा डा. रामनारायण मण्डल, रजिस्ट्रारमा डा. श्याम लम्साल, डीनमा डा. कृष्णकुमार झा र निर्देशकमा डा. सुरेश विके रसाइलीलाई नियुक्त गरिएको हो ।

नवनियुक्त पदाधिकारीले बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

यसअघि असार २५ गते प्रतिष्ठानको उपकुलपतिमा डा. अजयकुमार मिश्र नियुक्त भएका थिए ।

प्रकाशित मिति : २०८३ भाद्र १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस