रास्वपा तुलसीपुरद्वारा बाढी पीडितका लागि १ लाख ११ हजार बढी सहयोग

तुलसीपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तुलसीपुर उपमहानगरपालिका समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ जम्मा गरेको छ।

यही भदौ १० गते रसुवा र भोटेकोशी क्षेत्रमा गएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्र तथा पीडित नागरिकहरूको राहत र पुनःस्थापनाका लागि उक्त रकम कोषमा जम्मा गरिएको हो। पार्टीले आज बुधबार नविल बैंकमार्फत उक्त रकम हस्तान्तरण गरेको हो।

बाढीले पुर्‍याएको क्षति न्यूनीकरण गर्न र विपद्को यस घडीमा पीडित नागरिकहरूले राहत पाऊन् भन्ने उद्देश्यले नगर समितिको तर्फबाट उक्त रकम कोषमा हस्तान्तरण गरिएको रास्वपा तुलसीपुर सभापति जीवन भण्डारीले जानकारी दिए।

प्रकाशित मिति : २०८३ भाद्र २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस