राष्ट्रपति पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो साढे ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्र पुगेर आएपछि उनले सम्बोधन गर्न लागेका हुन् । उनले नेपाल टेलिभिजन मार्फत सम्बोधन गर्नेछन् ।

राष्ट्रपति पौडेल आजै बाढी पहिरो गएको क्षेत्रमा गएर अवलोकन गरेका थिए । त्यहाँ उनले भएको क्षति र मानवीय संकट लगायतका विषयमा नेपाली सेना र अन्य अधिकारीहरूसँग जानकारी लिएका थिए ।

भदौ १० गते गएको बाढी पहिरोका कारण रसुवा,नुवाकोट र धादिङमा धेरै ठूलो जनधनको क्षति भएको थियो । उक्त घटनामा परि हालसम्म १ हजार ३ सय ५५ जनाको मृत्यु भइसकेको छ । ४ हजार ९ सय ९६ जना अझै बेपत्ता छन् ।

प्रकाशित मिति : २०८३ भाद्र २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस