काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले बिहीबारदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको ३० प्रतिशतले दरले हुन आउने १६ करोड ३२ लाख १६ हजार रुपैयाँ बराबरको १०० रूपैयाँ अंकित दरको १६ लाख ३२ हजार १६० कित्ता सेयर निष्कासनमा ल्याएको हो । जस मध्ये १० प्रतिशत अर्थात ५ करोड ४४ लाख ५ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४४ हजार ५३ कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दालाई निष्कासन गरेकोमा ८५ हजार २० कित्ता सेयर मात्रै बिक्री भएको थियो ।
स्थानीयलाई बिक्री नभएको सेयर सहित सर्वसाधारणको लागि १३ करोड ४६ लाख ९९ हजार ३०० रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका १३ लाख ४६ हजार ९९३ कित्ता सेयर निष्कासनमा ल्याएको हो ।
कम्पनीले निष्कासन गरेको आईपीओमा छिटोमा २७ चैतसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे ७ वैशाख २०८० सम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।


