आज सुनको भाउ तोलामा ६३ सय रूपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) पनि सुन–चाँदीको भाउ घटेको छ। गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको हो।

मंगलबार प्रतितोला एक हजार नौ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन भने तोलामा ६ हजार तीन सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६० हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ।

मंगलबार सुन प्रतितोला दुई लाख ६७ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ।

मंगलबार प्रतितोला तीन हजार चार सय ९० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार तीन सय ८० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय ८० रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार सात सय ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २०८३ मङ्सिर ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस