दाङ । नेपाल प्रहरी विशेष सुरक्षा गण कोहलपुर, बाँकेमा कार्यरत प्रहरी हवल्दार वीरबहादुर वली कात्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । गणले उनलाई मङ्गलबार ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गर्दै सम्मान गरेको हो ।
गण प्रमुख प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा वलीलाई सम्मानपत्र प्रदान गरिएको थियो । जिम्मेवारीप्रति अनुशासित, लगनशील र कर्तव्यनिष्ठ रहँदै उत्कृष्ट कार्यसम्पादन गरेको मूल्याङ्कनका आधारमा उनलाई सम्मान गरिएको गणले जनाएको छ ।
प्रकाशित मिति : २०८३ मङ्सिर २ गते मङ्गलवार


