भारत, चीन र इसराइलका लागि राजदूत नियुक्त

काठमाडौं । भारत, चीन र इसराइलका लागि नवनियुक्त नेपाली राजदूतहरूले शपथ लिएका छन्। भारतका लागि निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा र इसराइलका लागि सुरेशकुमार कर्ण राजदूतमा नियुक्त भएका थिए।

उनीहरूले सोमबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन्। उनीहरूलाई आजै राष्ट्रपतिले राजदूतमा नियुक्त गरेका थिए।

प्रकाशित मिति : २०८३ मङ्सिर १ गते सोमवार
प्रतिक्रिया दिनुहोस