काठमाडौं । काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको बस त्रिशूली नदीमा खस्दा १९ जना घाइते भएका छन् ।
शनिबार राति सवा ६ बजे बेनिघाट रोराङ गाउँपालिका–१० हुग्दिखोलास्थित त्रिशुली किनारमा बस खसेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए।
बा ४ ख ५७९० नम्बरको बस २०० मिटर तल खसेको खत्रीले बताए । दुर्घटना हुँदा चालकसहित १९ जना घाइते छन् । उनीहरूको उपचारका लागि स्थानीय मेडिकल पठाएको छ।
बस त्रिशुली किनारमै रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय गजुरीबाट डिएसपीको कमान्डमा प्रहरीको टोली खटिएको छ।
प्रहरीले दिएको जानकारीअनुसार घाइते हुनेमा धादिङको गल्छी गाउँपालिका–८ मा बस्ने वर्ष २४ का बस चालक सुमन तामाङ, पूर्वी रूकुमको सिस्ने गाउँपालिका–४ का बासिन्दा वर्ष १९ का भुवन केसी, रूकुमको भूमि गाउँपालिका–५ मा बासिन्दा अन्दाजी २१ वर्षका मदन बुढामगर, दोलखाको बैतेश्री गाउँपालिका–८ का बासिन्दा वर्ष २१ का श्रीकृष्ण श्रेष्ठ, पश्चिम रूकुमको बाफिकोट गाउँपालिका–९ बासिन्दा वर्ष ३६ का मदन बहादुर बिक, कञ्चनपुरका बासिन्दा वर्ष २४ का तेज बहादुर कठायत, कास्कीका बासिन्दा कृष्ण प्रसाद अधिकारी, काठमाडौंका बासिन्दा अनिष लामिछाने, बाराको करैयामाई गाउँपालिकाका बासिन्दा वर्ष २७ को प्रविण चौधरी रहेका छन् ।
त्यस्तैगरी रौतहटको चन्द्रपुर नगरपालिका–२ की बासिन्दा वर्ष २६ की सिता मैनाली, रूकुमको सानोभेरी गाउँपालिका–३ बासिन्दा वर्ष ५० को नर बहादुर खड्का, रूकुमको पश्चिम आठबीसकोट गाउँपालिका–८ का बासिन्दा वर्ष ३४ का शिव बहादुर शाही, दोलखाको कालिञ्चोक गाउँपालिका–९ का बासिन्दा वर्ष ३४ का अभिषेक खाँती, सिरहा गोलबजार नगरपालिका–१३ का बासिन्दा वर्ष २२ का रमेश सिंह, बागलुङको निसाखोला गाउँपालिकाका बासिन्दा सविन छन्त्याल, रूकुमको चौरजहारी नगरपालिका–१ का बासिन्दा योगेश्रवर बिक, रूकुमको चौरजहारी नगरपालिका–१ का बासिन्दा प्रेम सिंह बोहोरा, रामेछापको मन्थली नगरपालिका–९ का बासिन्दा मिलन लामा, धादिङको गल्छफ गाउँपालिका–८ का बासिन्दा रत्न तामाङ रहेका छन् । अवस्था गम्भिर भएकाहरुलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ।


