बङ्गलादेशमा डुङ्गा डुब्दा ३२को मृत्यु, ३० जनाभन्दा धेरै बेपत्ता

काठमाडौं । बङ्गलादेशको उत्तरी क्षेत्रमा डुङ्गा डुब्दा ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । राजधानी ढाकाबाट ४ सय ६८ किलोमिटर टाढा बङ्गलादेशको उत्तरी पञ्चगढ जिल्लाको कराटोया नदीमा थप ७ जनाको शव फेला परेको हो ।

डुङ्गा दुर्घटनामा बेपत्ता भएका ३० जनाको अवस्था अज्ञात रहेको बङ्गलादेशको प्रहरीले जनाएको छ । उनीहरुको खोजी चलिरहेको छ ।

प्रहरी निरीक्षक सिराजुल हुडाका अनुसार झण्डै सय जना यात्रु बोकेको डुङ्गा आइतबार दिउँसो डुबेको थियो । आइतबार बेलुका २५ जनाको शव भेटिएको थियो ।

क्षमताभन्दा धेरै भार भएका कारण डुङ्गा डुबेको प्रारम्भिक अनुसन्धानले देखाएको सुरक्षा निकायलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असोज ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस