घोराही। जिल्ला प्रशासन कार्यालय दाङले आज विहिवार एक सुचना जारी गर्दै अतिक्रण गरी बनाईएका घरटहरा २१ दिन भित्र हटाउन आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालद्धारा हस्ताक्षरित जारी सुचनामा कार्यालयको नाममा रहेको घोराही १४ र १६ मा रहेको ७ ख कित्ता नं.६५२ क्षेत्रफल १३-१४-३-०-(९२८३५.८० व.मि.) भएको जग्गामा अनाधिकृत रुपमा घरटहरा निर्माण गरेर वा भोगचलन गरी बसेका व्यक्ति तथा संस्थाहरुलाई २१ दिन भित्र भौतिक संरचना हटाई खाली गर्न भनिएको छ ।

तोकिएको समयमा घरटहराहरु नहटाएमा उक्त संरचनाहरु हटाईने जारी सुचनामा उल्लेख छ । साथै उक्त क्षेत्र अतिक्रमण र कब्जा गरी बसेका व्यक्ति वा परिवारहरु मध्ये बास्तविक भुमिहिन तथा सुकुम्वासीहरुको हकमा अन्यत्र व्यवस्थापन गर्न सकिने भएकाले १० दिन भित्र कार्यालयमा निवेदन दिन आग्रह गरिएको छ ।
प्रकाशित मिति : २०८३ बैशाख १७ गते बिहिवार


