
आन्नदमय जीवन जीउनकोलागी मानवता जागृत गराउने जीवन र जगत बुझ्न जरुरी छ । यी सवै कुरा वैदिक वाङमयमा निहित रहेको पाइन्छ । वेदहरुको सबैभन्दा पुरानो वेद ऋगवेद र अन्य ग्रन्थहरुको निचोड आन्नदमय जीवन सर्वोत्कृष्ट हो ।
मानवमा हराईरहेको मानवतालाई कायम गर्नको लागि नैतिक शिक्षा जरुरी देखिन्छ त्यसैले जीवन जगतको महत्व नवुझी आन्नदमय जीवन ब्यतीत गर्न सकिन । मानवको जीवनमा धन भन्दा महत्वपुर्ण स्वास्थ्य नै हो । मानव सधै धनको पछि दौडिन्दा स्वास्थ्य बिग्रको नै थाहा पाउदैन् । बिग्रे पछि पछुताउनु भन्दा पहिले नै सतर्क रहनु बुद्धिमानी हो । समयले कसैलाई पर्खदैन बगेको खोला फर्कदैन भन्ने नेपाली उखानको सन्देश सवैले बुझन जरुरी छ । धनले औषधि किन्न सकिन्छ, तर स्वास्थ्य किन्न सकिँदैन। एक स्वस्थ शरीरले मात्र धन कमाउने क्षमता राख्छ। यदि जीवन नै जोखिममा छ भने कुनै पनि धनको कुनै अर्थ रहँदैन।
स्वास्थ्य राम्रो भए, त्यो नै ठुलो धन सम्पत्ति हो । हाम्रो जीवन सहज र सरल बनाउनका निम्ति संतुलित आहार विहार अत्यन्तै जरुरी छ । नियमित संतुलित स्वच्छ सादा भोजन गर्नाले र नियमित नियम संगत विहार अर्थात सुत्ने उठ्ने समयको निश्चितता गरि पालना गर्ने हो भने जीवनमा स्वास्थ्य धन आर्जन गर्न सकिन्छ । मनलाई प्रफुल्ल राख्नका निम्ति सधै सबै प्रति सकारात्मक विचार राख्ने र आफु पनि हाँस्ने अरुलाई पनि हसाउने गर्दा शरिरमा शक्ति प्राप्त हुन्छ । यी सबै सामान्य विषय लागे पनि अवलम्बन गर्न असहज महसुस हुनु स्वभाविक हो किनकि यस अघि हामीले गरिरहेका भोजनका प्रकार तथा अन्य दैनिक कार्यका केहि अनियमित कार्य जसले तत्कालीन सुख लागेतापनि दिर्घकालिन क्षति हुने कार्यको त्याग गर्नु पर्ने हुन्छ । त्यसै गरि दैनिक घरमा गरिने नित्य कर्म, शौचालय व्यवस्थापन, सुत्ने उठ्ने समय, आफु बस्ने कोठाको सरसफाई यी सबैमा स्वच्छता र शुद्धता, नियमित शारिरीक व्यायाम, ध्यान जप,आरधना गरि मनलाई शान्ति गर्न मनको वेगमा स्थिरता ल्याउन यी सबै कर्मलाई नियम संगत पालना गर्न सके स्वास्थ्य धन आर्जन गर्न सजिलो हुन्छ । यी कार्य असन्तुलित भएमा हामीले थुप्रै स्वास्थ्य धन गुमाएर ऋणी भईन्छ । आफ्नो शारिरीक अवस्था अनुसार आफुले आफैलाई नियन्त्रित गर्न बनाईएका नितिलाई दुरुस्तै नियमित पालना गर्ने हो भने शारिरीक र मानसिक स्वास्थ्य धन आर्जन गरि सकारात्मक सोच, शक्ति प्रवर्धन हुने कुरामा शंका लिनु पर्दैन । सुख भोगका निम्ति हामीले धेरै पैसा कमाउनु पर्छ भन्ने मानसिकताको अन्त्य गरि सन्तुलित कर्म व्यवस्थापन गर्न सके शान्ति प्राप्त गर्न सक्छौ । पैसा किन कमाउने हो त रु प्रश्न जागृत हुनु स्वभाविक हो । उत्तरमा धेरै पैसा राम्रो खान, लाउन, धेरै पढ्न, राम्रो घर बनाउन, स्वस्थ जीवन पाउन र रमाउनका निम्ति कमाउनु पर्ने हो ।
मानव जीवन ईश्वरको उपहार हो, जसलाई जोगाउन र संरक्षण गर्न हामी सबैको जिम्मेवारी हो। धन गुमायो भने फेरि कमाउन सकिन्छ, तर जीवन गुमायो भने त्यो कहिल्यै फर्किंदैन। धनले केही समयका लागि मात्रै साथ दिन्छ, तर जीवनको वास्तविक सार मानवताको सेवामा छ। यदि धनलाई प्राथमिकता दिएर मानव जीवनलाई बेवास्ता गरियो भने पछुताउनुको विकल्प छैन ।
हामीले गरेका नियमित संतुलित कार्यले हामीलाई यी माथि उल्लेखित कार्यका निम्ति कम पैसामा नै सबै प्राप्त गर्न सकिन्छ भने सम्वृद्धि प्राप्त हुन्छ र धेरै पैसा कमाउनु पर्छ भन्ने मानसिकताको अन्त्य हुन्छ । बस्न, खान, लाउन, पढ्न, स्वस्थ्य जीवन जिउन र परोपकारी कार्य गर्न आवश्यक धन आर्जन गर्ने र आध्यात्मिक ज्ञानवाट नयाँ नयाँ खोज गरि त्यसको सदुपयोग गर्न सके शान्तिका साथमा विकास पनि तिव्ररुपमा गर्न सकिन्छ । पढ्ने समयमा खेल्ने, खेल्ने समयमा सुत्ने, खाने समयमा पढ्ने, डुल्ने, सुत्ने समयमा जाग्ने, अखाद्य कुराको सेवन गर्ने गर्नाले मानव शरीरको नियम विपरित कार्य भएकोले शारिरीक र मानसिक स्वास्थ्य समस्या आउँछ र अनियन्त्रित भै हामी कष्ट पाउँछौ तथापि अझै पनि ज्ञान पाउदैनौ । यी सबै कष्ट भोग गर्नु भन्दा समयमा नै बुद्धि पुर्याएर नियमित संतुलित कार्य गर्नु नै उपयुक्त हुन्छ जसकारण स्वास्थ्य धन आर्जन गरि थोरै खर्चमा सुखी, शान्त र समृद्धिको जीवन प्राप्त हुन्छ ।
यी सबै कार्य समयमा नै शुरु गरेर नियमित गर्दै गर्नु पर्छ, बुढो भए पछि गर्छु, जहिले समस्या आउछ त्यही बेला गर्छु भन्नु भन्दा पनि समस्या आउन नदिन नियमित नियमसंगत कार्य गर्दै गरे जति जीवन बाचिन्छ, नाचेर हासेर बाचिन्छ । त्यसैले सबैले समयमा नै बुद्धि पुर्याउनु नै शारीरिक तथा मानसिक रुपमा स्वास्थ्य भै धनि भईन्छ । धेरै धन सम्पति आर्जन गरेर अस्वस्थ भै कष्टकर जीवन भोग गर्नु भन्दा सुख, शान्ति समृद्धि प्राप्त गरि आफु पनि आनन्दित जीवन जिउदै अरुलाई पनि सोहि मार्गमा आउन सिकाउनु नै बुद्धिमानी हुनेछ । भौतीक सुख भन्दा मानसीक आन्नदमा मानिस स्वास्थ्यकर हुन्छ । मानव जीवनको महत्वलाई धनसंग तुलना गर्दा जीवन सधैं अगाडि आउँछ। धन भनेको केवल भौतिक वस्तु हो, जसले जीवनलाई सहज बनाउन मद्दत गर्दछ। तर, जीवन आफैं अमूल्य छ, जसको मूल्य कुनै धनद्वारा तोक्न सकिँदैन।
मानव जीवन ईश्वरको उपहार हो, जसलाई जोगाउन र संरक्षण गर्न हामी सबैको जिम्मेवारी हो। धन गुमायो भने फेरि कमाउन सकिन्छ, तर जीवन गुमायो भने त्यो कहिल्यै फर्किंदैन। धनले केही समयका लागि मात्रै साथ दिन्छ, तर जीवनको वास्तविक सार मानवताको सेवामा छ। यदि धनलाई प्राथमिकता दिएर मानव जीवनलाई बेवास्ता गरियो भने पछुताउनुको विकल्प छैन । धन महत्वपूर्ण छ, तर यो जीवनसँग तुलना गर्न सकिने वस्तु होइन। धन गुमायो भने फेरि कमाउन सकिन्छ, तर जीवनको क्षतिपूर्ति कहिल्यै हुँदैन। त्यसैले, मानव जीवनको रक्षा र सम्मान गर्नु हामी सबैको प्राथमिकता हुनुपर्छ। धनले होइन, मानवताको भावना र जीवन जिउने कला नैे सम्पत्ति हो।