हाम्रो अयोध्या यात्रा

सनातनीहरुको पवित्र धार्मिक तीर्थस्थ अयोध्याधाममा राम मन्दिर बनेपछि दर्शन गर्ने तीव्र ईच्छालाई भगवान रामका कृपाले २०८० चैत्रमा प्राप्त भयो । पहिलो पटक २०७० साल चैत्र महिनामा घर परिवार सहितले दर्शन गर्ने औवसर मिलेको थियो । दस वर्ष पछि चेत्र महिनामा नै अयोध्याधाम जाने साइत जुरेको रहेछ । पहिला देखेको अयोध्याधममा राममन्दिर बनेपछि पलाएको कुतहलता मेटन मन्दिर उदघाटनमा जाने ईच्छा थियो तर त्यस वेला समय जुर्न सकेन त्यहि ईच्छालाई पुरा गर्न केहि दिन पर्खर्नु प¥यो । चैत्र महिनामा समय जुरेको रहेछ । चैत्र १७ गते तुलसीपुरवाट हयास गाडि चढेर म बंशीकुमार शर्मा गौतम र मेरी श्रीमती रेखा गौतम अयोध्याधाम दर्शनकोलागी नेपालगंज गयौ त्यस दिन साँझ नेपालगंज बाकेगाँउ अवस्थित रेखाको कान्छा मामा घरमा बसौ । पहिलै कै सल्लाहअनुसार रेखाका कान्छा मामा धनेश्वर आचार्य , माइजु बिनिता आचर्य र हामी दुईजना गरि चार जना भोलीपल्ट १८ गते बिहानै नित्यकर्म सिध्याएर अटो चढेर भारतको रुपडिया तीर यात्रा आरम्भ गरौ ।

राम मन्दिर दर्शन गर्न तिव्र अभिलाषाले होला नेपाल भारतको सिमना नखुल्दै सवैरै नाकामा पुगिसकेका रहेछौ । एक घण्टाको सिमना नाकाको बसाईमा अयोध्याधाम कै कुरा गर्दे बित्यो । नाका खुले पछि आ आफना झोला झिम्टी बोकेर नेपाल र भारतको सिमाना जमुना नाकामा चेकजाँच गराएर पैदल रुपडिया पुग्यो । त्यहाको बसपार्क हामि नपुग्दै पहिले नै अयोध्या हुन्दै वनारस जाने गाडि छुटिसकेको रहेछ । बसपार्कका कर्मचारीलाई अयोध्या जाने विकल्प के छ भनि सोध्दा उनीको सल्लाह अनुसार बहिराइच जाने त्याहाबाट प्रशस्तमात्रामा अयोध्या जाने गाडि पाईन्छ भने त्यहि अनुसार हामी चार जना बहिराईचको गाडिमा चढौ । चैत्र महिनाको गर्मिमा असिन पसिन भएका हामीलाई त्यस एसि गाडिले धेरै राहत पु¥यायो ।

अयोध्याधाममा राम मन्दिर उद्घाटन भएको धेरै समय भएको थिएन त्यहि कारणले होला जताततै राम अंकीत झण्डा फहराएका थिए भने गाडिमा पनि राम कै भजन गुञ्जीएको थियो । जब वस भारतको भूभागमा गुडन लागे मैले वाहिर तर्फ ध्यान दिन थाले । भारतको भूभागका वजार क्षेत्र, शहरी क्षेत्र हेर्दै गयौ । ठूला ठूला खेतका फाँटमा गहुँवाली झुलीरहेका थिए ।भारत कृषिप्रधान देश र कृषिमा अगाडि नै हो भन्ने गहुँवाली देखेर विश्वास लाग्यो । गाडिको झयालबाट गहुँका वालाहरु झुलेका लटरम तरकारीहरु फलेका उर्वर भूमीलाई नियाल्दै भजन सुन्दै बिहानको नौ बजेतीर बहिराईच पुग्यौ । बहिराईचमा चिया खान्दा खान्दै अयोध्याकोलागी गाडि आईपुग्यो । चिया खन्दा सम्म पर्खिदने हाम्रो अनुरोधलाई गाडि स्टाफले स्विकार गरे । त्याहा पनि अचाकली गर्मि थियो जव गाडि हुइकियो सितल महशुस गर्दै अयोध्याधामका कुरा गर्दै गुण्डा , बस्तीपुर हुन्दै दिउस एक वजेतीर सरयुनदिको किनारमा अबस्थित अयोध्याधामको वसपार्कमा पुग्यौ । बसपार्कमा नै दर्शनार्थीको मानव सागर देखियो ।

ठुला ठुला गेट बनाएर अयोध्याधाम दुलही जस्तै सिङगारिएको रहेछ । हामीहरुले एक आपसमा झुटिऔला कि भन्ने डर एक अर्काको हात पकर्दै मानव सागरमा मिसिऔ । हामीले पहिला कोठा खोज्ने र झोला झिम्टा राखेर मात्र भगवानको दर्शन गर्न जाने निधो ग¥यौ । त्यहि अनुसार टयाम्पो चढेर धर्मशाला खोज्न हिडयौ । हामी सवै भन्दा राम्रोसंग हिन्दी बोल्न सक्ने भएकोले हाम्रो यात्राको प्रमुखमा बिनिता आचार्यलाई चुनेका थियौ । उहाँलाई अघि लगाएर धेरै धर्मशालाहरुमा कोठा खोज्न पुग्यौ । सवै धर्मशालाहरु अग्रीम बुक भैइसकेका हुन्दा रहेछन् । एका एक मानव सागर ओलिए पछि धर्मशालामा कोठा पाउन कठिन रहेछ । रेखालाई एक ठाउमा झोला झिम्टी हेर्न जिम्मालगाई हामी तीन जनाले कोठा खोज्दै जान्दा स्वर्गद्धवार भन्ने गल्लीमा एउटा गेस्ट हाउस रहेछ त्यहि गेस्टहाउसको दोश्रो तलाको दूई नम्वर कोठा एसि , एटेज बाथरुम भएको चार जना बस्न बन्ने मुल्य तीन हजार पाँचसयको रहेछ । त्यहिकोठालाई बुक गरि रेखालाई ल्याउन गयौ । एक घण्टा जति फ्रेस भएर दर्शन गर्ने राममन्दिर तीर लाग्यौ । हामी वसैकै लज देखि करिब दुईदेखि तीन किलोमिटरको बाटोमा नै सर्यु नदीलगायत हनुमानगढ़ी, कनक भवन, दशरथ महल र अहिलेको विशाल राम मन्दिरको दर्शन गर्न मिल्ने रहेछ ।

यसै बाटोमा अयोध्याको कोसेली, प्रसाद आदि किनमेल गर्न सकिन्छ ।हामी पनि दर्शनार्थीहरुको लस्करसंगै मिसिऔ । उच्च सुरक्षाबीच ठूलो क्षेत्रमा रहेको अहिलेको चर्चित रामललाको राम मन्दिर परिसरमा प्रवेश गर्दा मनमा छुट्टै आनन्द आउने रहेछ । मोबाइल, घडीलगायत धातु, फूल–प्रसाद केही पनि लिएर जान नपाउने यस मन्दिर प्रवेश गर्दा निःशुल्क लकरको व्यवस्था गरिएको छ । हजारौंको संख्यामा रहेको लकरमा सामान राख्दा बहुमुल्य सामानहरु देखाएर उल्लेख गरेर राखिने रहेछ । दुई पटक सुरक्षा जाँचपछि विशाल भवनमा प्रवेश पाइन्छ । चार लाइनमा प्रवेश गरिने मन्दिरभित्र कतै बस्न, उभिन पर्दैन र लाइन बिस्तारै बिस्तारै अगाडि बढिरहेको हुन्छ । न फूल–प्रसाद चढाउनुपर्ने, नछोएर ढोग्नुपर्ने, ३–४ फिट दूरीबाट दर्शन मात्र गर्न पाइने भएकाले खासै समय लागेन । बृद्ध बेद्धा र अशक्तलाई सजिलैसंग दर्शन गर्ने ब्यबस्था मिलाएको रहेछ । बाहिर निस्केपछि बाहिरबार भब्य मन्दिरलाई अवलोकन गरौ । लकरबाट मोवाईल पर्स सरसामान बुझे पछि चारेतीर हेर्दे फोटा खिचाउदै भजन सुन्दै त्यस रामलला मन्दिरवाट नजिकै रहेछ संकट मोचन भगवान हुनुमानको दर्शनकालागि हनुमानगढि गयौ । अयोध्या शहरको उच्चो ठाउँमा हनुमानको भव्य मन्दिर रहेछ । हनुमानले रामजन्भूमि र रामकोटको रक्षा गर्दथे भन्ने मान्यता रहेछ । भगवान रामचन्द्रका दूत संकटमोचन भगवान हनुमानको दर्शन पुजा आजा गरौ । अग्लो स्थनमा सिढि चढेर जानु पर्ने तिर्थालुहरुको भिडले गर्दा उभिए पनि आफै मन्दिर पुग्न सकिन्दो रहेछ । हनुमान गढि देखि सरयुगंगा धेरै टाढा रहेनछ तर हामी थाकेकोले टेम्पोमा चढेर सरयुगगा तटमा हुने सन्धया आरती दर्शन गर्न जाने निधो ग¥यौ ।

रात्रीको समयमा झलमल देखिने शहर त्यसैमा गंगा आरतीको दृष्य देख्दा त्यो क्षणको वर्णन गर्न पनि सकिन्न । सरयुगंगाको कै नजिकै ठुलो बिणा पनि रहेछ । गंगा तटमा सन्त, महन्त, सन्यासी, भक्तालुहरु सवै गंगा आरती हेर्न जान्दो रहेछन् । त्यस क्षेत्रमा पुगे पछि मनमा शान्ति आन्नदको महशुस हुन्दो रहेछ । त्यो मनोरम्म दृष्यलाई जति हेरे पनि हेरी रहौ जस्तो लाग्ने तर समयले नेटो काटन लागेको र दिनभरको थकानले गर्दा नौ वजेतीर कोठातीर गयौ । लजमा खाना खाने ब्यबस्था नभएकोलै हामीले बाहिरै खाना खाएर लजमा गयौ । सरयु गंगा घाटमा श्रद्धा तर्पन गर्नाले पितृ मोक्ष हुने मान्यता छ भने हाम्रो पिताजी पढने शिल सिलामा धेरै वर्ष अयोध्यामा बस्नु भएको वहाले भनिरहनुहुन्थ्यो त्यसैले भोली पल्ट बिहान १८ गते सरयु गंगाको रामघाटमा श्राद्ध तर्पण गर्ना गयौ । पवित्र नदीका रुपमा पुजिने यो नदी पछि गंगामा मिसिन्छ ।

श्राद्धलाई चाहिने सवै सर सामान रेखाले घरबाट लगेकि थिईन त्यसैले फुल र गाईको दुधमात्र किन्नु प¥यो । पुरोहितलाई पन्डा भन्दोरहेछन् ।एउटा पण्डालाई वोलाएर दुवैले श्रद्धा तर्पण गरौ । सरयु गंगामा स्टिमर ढुगांहरु चल्दो रहेछन हामीले पनि ढुगांमा चढैर पिण्ड पुस्प सेलाउने र त्यहा भएका सवै घाटहरुको दर्शन गर्न पाइने बिचारले स्टिमर चढेर जलयात्रा गरौ । सधै स्थल यात्रा गरेका हाम्रोलागी जलयात्रा रोमाञ्चीत यात्रा हो । एक घण्टा समय बितेको पतै भएन नाउले समय पुरा भयो भनेर घाटमा ल्याईदियो । जल यात्रा एक घण्टाको एक जनाको दुई सय लग्दो रहेछ । जलयात्रा पछि सरयु गंगाको नजिकै रहेको नागेश्वर नाथ मन्दिरको दशैन पुजा अर्चना गरौ मन्दिरको गेटमा जलधारकोलागी दुध पाइदोरहेछ । नागेश्वर नाथ मन्दिरलाई भगवान रामका पुत्र कुशले वनाएका हुन भन्ने रहेछन् । शिवरात्रि पर्वमा यहा धुमधुमाका साथ मनाउदा रहेछन् । त्यहि नजिकै प्रसादहरु पाईदो रहेछ । आइमाइहरुले घर ल्याउने चुरा टुकिली प्रसाद किनमेल गरे भने मैले डमरु किने ।


धार्मिक तथा ऐतीहासिक शहर अयोध्या सरयु नदीको किनारमा अवस्थित प्राचीन सूर्यवंशी राजाहरुको राजधानी थियो । अयोध्या समस्त हिन्दूमात्रको लागि नभैई सम्पुर्ण सनातनी èँकार परिवारको उच्चतम आस्थाको केन्द्र रहि आएको छ । सरयु हिन्दूहरुको लागि पवित्रतम नदी हो । अयोध्याका आठ नाम छन् हिरण्य, चिन्मया, जया, अयोध्या, नन्दिनी, सत्या, राजिता र अपराजिता । यो पवित्र प्राचीन सप्तपुरीमध्ये पर्दछ ।

सनातनीहरुको पवित्रधामलाई मुगल बादशाह बाबरको पालामा सन् १५२७ तिर अयोध्यास्थित रामजन्मभूमी मन्दिर तोडफोड गरी मस्जिद निर्माण गरिदियो । स्थानीय श्रद्धालुले संरक्षणको कोशिश त गरे, तर रामजन्मभूमिमा मस्जिद ठडियो । अयोध्याको नाभीमा स्थित रामजन्मभूमिमा मस्जिद खडा हुँदा समस्त हिन्दू अत्यन्त निराशा फैलियो, यो भौतिक संरचना त तयार भयो, तर जनतामा आस्थाको धरोहर ढलेन, हिन्दु धर्मावलम्वीहरु विसम परिस्थितिमा झन्–झन् रामभक्त हुँदै गए । रामजन्मभूमि र बावरी मस्जिदका विचमा विवाद अनवरत रुपमा चली रह्यो । अंग्रेजको शासनकाल देखि नै विभिन्न मुद्दा पर्दै रहे, तर टुंगो लागेन ।

हिन्दूहरु कुनै पनि हालतमा बावरी मस्जिदको ठाउँमा राम मन्दिरको पुर्नस्थापनाको लागि अभियान चलाउँदै गए, अदालतले मुद्दाको किनारा लगाउन सकेन । यस्तैमा आजभन्दा ३१ वर्ष
वर्ष अघि सन् १९९२ डिसेम्बर ६ तारिखका दिन हिन्दू युवाहरुको ठूलो जमातले बावरी मस्जिद तोडिदियो । त्यस भूमिकोलागी अदालतमा मुद्धा प¥यो अन्तत त्यौ रामभूमि नै हो भन्ने अदालते फैसला गरिदिए पछि अहिले बिशाल रामलला भवन बनेको छ ।

सन २०२० नोभेम्बर ९ तारिकका दिन सुप्रिम कोर्टले विवादित क्षेत्रको विषयमा राम जन्मभूमि मन्दिरको पक्षमा फैसला दिएको थियो । त्यसको केही महिनापछि प्रधानमन्त्री मोदीले ५ अगस्त २०२० मा मन्दिरको शिलान्यास गरेका थिए । प्राचीन नागर शैलीमा बनेको राममन्दिर ७० एकडमा फैलीएको छ । ‘ मुख्य मन्दिर ५७ हजार ४ सय वर्गफिट क्षेत्रमा बनेको छ । यसको लम्बाइ ३ सय ८० फिट र चौडाइ २ सय ५० फिट छ । मन्दिरको शिखर १ सय ६१ फिट उचाइँको छ । मन्दिरमा ३ सय ९२ वटा पिलर छन् । ४४ वटा ढोकाहरू छन । पिलर र ढोकाहरूमा विभिन्न भगवान्का मूर्तिहरू कुदिएका छन् । ।सन २०२४ जनवरी १७ देखि २२ तारिख सम्म वैदिक रीति रिवाज अनुसार विशेष पूजा गरि ।सन २०२४ जनवरी २२ तारिकका दिन भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीले बिधिबत प्राण प्रतिष्ठा गर्नु भएको थियो । प्राण प्रतिष्ठा समारोहमा नेपालाबाट उल्लेखनीय भक्तजनहरु गएका थिए । सन् २०२० को १८ अप्रिलमा राज जन्मभूमि अयोध्यामा नित्य हवन तथा पूजन भएको थियो ।

आस्था र श्रद्धामा कुनै कमि नभए पनि नया रामललाको राम मन्दिर बनेपछि भक्तजनहरु घुइचो लाग्ने गरेको छ । यहाँका मुख्य स्थानहरुमा रामजन्मभूमि, हनुमानगढी, नागेश्वरनाथ, सरयु नदी तट, छाउनी बाल्मिकी भवन, कनक भवन, छोटी देवकाली आदि पर्दछन् । यहाँ असंख्य मन्दिर र अखडाहरु छन्, जहाँ सामान्यतया आवास र प्रसादको व्यवस्था हुन्छ । अयोध्यामा धेरै मठ मन्दिरमा दिनको एक छाक खाना निशुल्क दिने चलन रहेछ । खाना बाड्ने बेलामा जो कोही पनि लाइनमा बसेमा बिना भेदवाद खान पाइदो रहेछ । अयोध्यामा केही सुपथ मूल्यका धर्मशाला पनि छन्, तर ठूला होटेलहरु बन्दै रहेछन् । अयोध्या नगरभरि जताततै बाँदरको उत्पात देख्न पाइन्छ । सवै घरहरुमा बाँदर पस्न नसक्नेगरी जाली राखिएको हुन्छ । धोएका कपडा जालीभित्रै सुकाउनु पर्दछ । यात्रुहरुलाई झोला, फलफूल र सरसामान जोगाउन हम्मे–हम्मे पर्छ । तर भावनात्मक कारणले गर्दा बाँदरलाई लौरो देखाएर लघार्ने बाहेक कुनै कारवाही गरिंदैन । बाँदरबाट आफ्नो सुरक्षा आफै गर्नु पर्दछ । यहाँका मानिसहरु भक्तालु रहेछन् ।

भगवान रामका सेवक बाँदरहरु पनि प्रशस्त रहेछन् । बाँदर र मानिसहरु मिलेर बसेको शहर अयोध्या दर्शन गर्ने अभिलाषा राख्दै त्यहाँ देखि दिउसो २ बजेतिर नेपाल आउने तयारी गरौ । सरयु गंगाको तटमाा रहेको वसपार्क जाने सडकहोस या शहरका दाया वाया पर्खाल , पोल सवैमा भगवान रामसंग सम्वन्धित सुन्दर भब्य चित्रहरु बनाएका रहेछन् । हामिहरु पनि तीनि चित्रहरु हेर्दै घामलाई घाम नमानी पैदल बसपार्क गयौ । त्यहा वनारसबाट रुपडिया जाने गाडि पाइयो । त्यहि गाडिमा चढेर हाम्रो फिर्ति यात्रा सुरु भयो । झयालबाट उर्वर भूमि हेर्दे गोण्डा आईपुगेपछि एक छिन त्यहा गाडि रोकिन्दो रहेछ । मामा धनेश्वरले सुन्तला किन्नु भयौ । गर्मिले आकुल ब्याकुल भएको वेला सुन्तलाले धेरै राहत ग¥यो । बहिराईच आएपछि चिया नास्ता खाऔ करिव छ बजेतीर रुपडिया आईपुगीयो ।

चेकजाँच गरेपछि हामी नेपालगंज आयौं । घर आइपुग्दा साझको आठ वजेको थियो । नुहाइधुवाइ गरेपछि खाना खायौं । भोलीपल्ट अर्थात चैत १९ गते नेपालगंजबाट कोहलपुर अमलिया हुन्दै हायस गाडिबाट दाङ तुलसीपुर बिहान १० वजे आइपुगेका हौँ । तीन दिन पारिवारिक तीर्थयात्रा अवस्मरणीय भयो । यात्रा अवधिभर भगवान र पितृका कृपाले हामीहरु गन्तब्यमा सकुशल आइपुग्यौ ।यसरी हेर्दा हरेक तीर्थयात्रा अन्य यात्रा वा भ्रमण भन्दा अत्यन्त महत्वपूर्ण हुँदो रहेछ । यस्तो यात्रामा न कुनै मानसिक थकावट नभई स्वच्छता र स्फूर्ति प्राप्त हुँदो रहेछ । जीवन केवल ज्ञानका लागि हो भन्ने पवित्र भावना जार्गित हुँदो रहेछ । न कुनै स्वार्थ, लाभको चाहना नभई विछट्टै आनन्द र महत्वबोध हुँदो रहेछ ।

प्रकाशित मिति : २०८१ असार ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस