कृषकहरूलाई २५ हजार बराबरको बिउँ वितरण

बिजौरी , पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र दाङले कृषकहरूलाई विभिन्न अर्गानिक तरकारीको बिउँ वितरण गरेको छ ।


तुलसीपुर १८ बिजौरीमा रहेको गन्यारी कृषि सहकारीका सदस्यहरूलाई बेमौसमी तरकारी खेतीको तालिम दिएर बिहीबार कृषकहरूलाई बिउँ वितरण गरेको हो । तालिममा सिकेका कुराहरू व्यवहारमा लागू गर्नको लागि सहकारीका सदस्यहरूलाई बेमौसमी तरकारीको अर्गानिक बिउँ  र मैकको बिउँ दिइएको केन्द्रका अध्यक्ष डिल्ली बहादुर रावतले जानकारी दिए ।


यस्तै उनले आफूहरू दिइएको बिउँ किसानहरूले रोपेको वा नरोपेको बारेमा अनुगमन गर्ने भन्दै पूर्ण रुपमा अर्गानिक तरिकाले खेती गर्न  आग्रह गरे । उनले भने,‘ हामीले जिल्लालाई १० वर्षभित्र अर्गानिक जिल्ला बनाउने उद्देश्य लिएका छौँ । त्यही अनुसार किसानहरूलाई अर्गानिक मल, औषधि र तामिल दिँदै आएका छौँ । त्यही अनुसार किसानहरूलाई हामी बिउँ वितरण गरेका हौँ ।  उनका अनुसार अहिले करिब ३ बिगाहा क्षेत्रमा खेती गर्दै आएका कृषकहरूलाई बिउँ वितरण गरिएको हो ।


यस्तै उनले केही दिन अगाडि मात्र सहकारीको लागि कुखुरा पालन गर्न एक  लाख २५ हजार  सहयोग गरेको समेत  बताए । यस्तै भट्टे बोडी, बोडी , करेला ,  भिण्डी   गौरव जातको  टमाटर , फर्सी,  लौका र मकै अरुण जातको गरि २५ हजार रुपैयाँ बराबर बीउ बितरण गरिएको समेत उनले बताए । 

प्रकाशित मिति : २०८० चैत्र २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस