हिन्दु धर्माबलम्बीहरुको रंगको चाड होली पूर्णिमा हो । हिन्दु संस्कृतिअनुसार प्रत्येक वर्षको फाल्गुन शुक्ल पूर्णिमाको दिनलाई होली पूर्णिमा भनिन्छ । हिन्दु धर्माबलम्वीहरुले यो चाडलाई अति महत्वपूर्ण चाडको रुपमा अत्यन्तै हर्षउल्लासका साथ मनाउने गरेको पाइन्छ । फागु चाडमा रंगहरुको प्रयोग गरी रमाईलो गरेर मनाउने गरिन्छ ।
होली पर्वको सुरुवात कहिलेदेखि भएको हो भनेर ठ्याक्कै मिति त उल्लेख छैन तर हिन्दु धर्मको पुराणसँग प्रशंग जोडिएको छ । दैत्यराज हिरण्यकासिपुले आफ्ना विष्णुभक्त पुत्र प्रल्हादलाई मार्नलाई आफ्नी बहिनी होलीका जसलाई वरदान स्वरुप आगोले जलाउन नसक्ने कवज पाएकी थिईन अथवा ओढ्ना जसलाई दोसल्ला पनि भन्न सकिन्छ । होलीकाले कवज धारण गरेर बिष्णु भक्त प्रल्हादलाई काखमा राखेर बलिरहेको आगोमा बस्न गैईन । उनलाई उनका दाजु राजा हिरण्यकसिपुले त्यसो गर्न लगाएका थिए । होलीकाको पापको घढा भरीसकेकोले उनको ओढ्ना प्रल्हादको शीरमा पढन गयो जस्को कारण विष्णु भक्त प्रल्हाद बच्न सफल भए भने होलीका आगोमा जलिन् । विष्णु भक्त प्रल्हाद भगवानको कृपाले पनि आगोले जलाउन सक्नेथिएन झन त्यसमा होलीकाले आगोले नजल्ने बरदान पाएको कवज ओढना भक्त प्रल्हादको शिरमा पढन गयो । यदि होलीकाले आगोले नजल्ने बरदान पाएकी भए अरु उपाय द्धवार उनको मृत्य हुन सक्थ्यो किनकी भगवानको बरदान मिथ्या हुन सक्दैन तसर्थ उनले आगोले नजल्ने कवज ओढना वा दोसल्ला पाएकी थिईन ।
विशेषगरी होलीमा रातो, पहेंलो, हरीयो तथा निलो रंगको प्रयोग हुन्छ । यी रंगको पनि आफ्नै प्रकारका विशेषता रहेका छन् । रातो रंगलाई शक्ति, सौभाग्य, शाहस तथा प्रेमको, पहेंलो रंग भगवान विष्णु तथा श्रीकृष्णको प्रिय रंगका सथै धार्मिक प्रवृतिको रंग, हरियो रंगलाई जीवनको लक्ष्य प्राप्ति तथा जीवन शक्तिको प्रतीकको, निलो रंगलाई धर्मयुद्धको प्रतीक रुपमा साथै सेतो रंगलाई सफा शुद्धताको प्रतीकको रुपमा मानिन्छ ।
शक्तीको दुरुपयोग गर्ने प्रवृति भएकी होलीका र आफूलाई भगवान भन्दा श्रेष्ठ मान्ने हिरन्यकसिपुले विधिको शासनलाई छोडेर आफ्नो शक्तिको दुरुपयोग गर्दा अन्त्य भएको हो । यस पर्वले जति धार्मिक महत्व बोकेको छ त्यति नै सामाजिक, राजनैतिक महत्व समेत बोकेको पाइन्छ ।
एकअर्कामा भएका दुश्मनी तथा द्वैष भाव बिर्सेर आगामी दिनमा एक आपसमा सम्बन्धमा सुधार गरी एक अर्कामा मित्रता, आत्मियता, सद्भाव बढाउदै जाने चाडको रुपमा होलीलाई लिइन्छ । आजभोली होली पर्वमा े केहि विकृतिहरु देखा पर्न थालेका छन् । यसप्रति घृणा जगाउने पाखण्डीहरुले गलत धारणा राख्ने गलत कार्य गर्ने दुस्प्रयास गरेका हुन सक्छन् । होलीका दिनमा हुने विकृति भित्रिन नदिई यसलाई सद्भावको चाड बनाउनु पर्छ ।
होली आत्मियताको चाड हो यसले टाढिएको सम्बन्धलाई नगिच्याउने काम गर्दछ । यस पर्व मनाउने भावना मा कतै बिकृती भित्रेर निकट रहेको सम्बन्धलाई टाढा नबनाओस् । विशेषगरी होलीमा रातो, पहेंलो, हरीयो तथा निलो रंगको प्रयोग हुन्छ । यी रंगको पनि आफ्नै प्रकारका विशेषता रहेका छन् । रातो रंगलाई शक्ति, सौभाग्य, शाहस तथा प्रेमको, पहेंलो रंग भगवान विष्णु तथा श्रीकृष्णको प्रिय रंगका सथै धार्मिक प्रवृतिको रंग, हरियो रंगलाई जीवनको लक्ष्य प्राप्ति तथा जीवन शक्तिको प्रतीकको, निलो रंगलाई धर्मयुद्धको प्रतीक रुपमा साथै सेतो रंगलाई सफा शुद्धताको प्रतीकको रुपमा मानिन्छ । होलीमा प्रयोग गरीने यी रंगको विशेषता जस्तै यस पर्वले पनि मानव जीवनलाई समेत रंगिन बनाउँछ ।
नेपालको राजनीति पनि होली पर्वमा प्रयोग गरिने रंगी बिरगीं रंग जस्तै बिभिन्न सिद्धान्त बोकेका राजनतिक दलहरुको संयुक्त सरकार छ । जती रंग भए पनि होली सदभावको चाँड हो त्यसैगरि सवै राजनीतिक दलको उदेश्य एउटै हो त्यो सदभाव कायम । राष्ट्र राष्ट्रियताकै लागि काम गर्ने हो । सवैको साझा उदेश्य समृद्धी नेपाल यसमा कसैको बिमती छैन । केही असन्तुष्ट दल तथा व्यक्तिहरुले केही जायज नजायज माग राख्नु स्वभाविकै हो । यसलाई सुन्दै नेपालमा ब्याप्त रहेको भ्रष्टाचारलाई निर्मुल पार्नु हो । भ्रष्टाचारीको कुनै जात हुदैन त्यसलाई कारबाही नै गर्नुृपर्दछ । नेपाली नेता जनता तथा आम नेपालीहरुका लागि यो होलीले आत्मियता, भाईचारा, सद्भाव ल्याओस् । सामाजिक सदभावका साथै छिमेकीहका बिचको सम्बन्ध प्रगाढ बनोस् । नेपाली जनताहरुको बिचको सम्बन्धमा यो होलीले आत्मियता र सद्भाव ल्याओस् ।
नेपालमा देखापरेको संकटलाई समाधान गर्ने तर्फ सकारात्मक सोचको विकास गरोस् । नेपाललाई विश्वले शान्तिको देशको उपमा दिदै भगवान बुद्धको देश जहाँ सत्य, शान्ति, अहिंसा, आत्मियता भाईचारा जिवितै रहेको छ भनि विश्वकै एक इतिहास बनाओस् यो होलीले । होलीले साँच्चिकै सद्भाव ल्याओस् सबैलाई शुभकामना !!!


