नारायणपुर महाेत्सवकाे १३ ओैँ दिन : विभिन्न कलाकारकाे प्रस्तुतिसँगै महाेत्सवमा थपियाे राैनक

नारायणपुर । नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ मा आज तेह्रौं दिन विभिन्न गायक गायिकाहरूकाे प्रस्तुति रहेकाे छ ।

नारायणपुरमा हाटबजार व्यवस्थापनका लागि आयोजना गरिएको महोत्सवमा आज मङ्गलबार विभिन्न कलाकारकाे प्रस्तुतिले महाेत्सवकाे राैनक थपेकाे हाे ।

आज महाेत्सवमा गायिका मञ्जु भट्टराईले प्रस्तुति दिएकी छिन् । गायिका भट्टराईकाे काचाे बेलाैती पछिल्लो चरणमा चर्चामा रहेकाे गीत हाे ।

गायिका भट्टराईले काँचाै बेलाैती, पुस्कारी चकटी, टिकिया टल्क्याे बरिलाई लगायतका गीतहरू प्रस्तुत गरेकी थिइन् ।

साथै आज महोत्सवमा गायक राजेश भण्डारी, चेतन बस्नेत, राजकुमार वली, राशी रिजाल, कल्पना क्षेत्री तथा एलिसा डान्स ग्रुप काठमाडौँका नृत्यङ्गनाहरु एलिसा बराल, एन्जिजा श्रेष्ठ, सीमा श्रेष्ठ र शालु सुनारको प्रस्तुति रहेकाे सांस्कृतिक उपसमितिका संयोजक डिल्ली वलीले जानकारी दिएका छन् ।

भाेलि बुधबार गाेबिन्द मधुर

नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ मा भोलि बुधबार गाेविन्द मधुर आचार्यकाे प्रस्तुति रहने छ । पछिल्लो चरणमा गायक आचार्यकाे चलचित्र बुलाकीकाे नाच सुवा तिमी नाचेकै सुहाउँछ गीत चर्चामा छ ।

साथै भोलि महोत्सवमा शरद समीप, राजेश भण्डारी, राशी रिजाल,सालिक क्षेत्री , बिरा घर्ती तथा एलिसा डान्स ग्रुप काठमाडौँका नृत्यङ्गनाहरु एलिसा बराल, एन्जिजा श्रेष्ठ, सीमा श्रेष्ठ र शालु सुनार र डिएमएस डान्स ग्रुप नारायणपुरको प्रस्तुति रहने सांस्कृतिक उपसमितिका संयोजक वलीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०८० बैशाख २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस