
नारायणपुर । नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा वैशाख १४ गतेदेखि २६ गतेसम्म ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८०’ मा आज आइतबार चाैथाे दिन विभिन्न कलाकारहरूकाे प्रस्तुति रहेकाे छ ।
नारायणपुरमा हाटबजार व्यवस्थापनका लागि आयोजना गरिएको महोत्सवमा विभिन्न कलाकारहरूकाे प्रस्तुतिसँगै दर्शकहरुले मनोरञ्जन लिएका हुन् ।
गायक शालिक राेका, राजकुमार वली, गायिका अनु राना मगर गायिका शर्मिला अर्यालको पनि प्रस्तुति रहेको थियो । एलिसा डान्स ग्रप काठमाडौंका नृत्यङ्गनाहरु एलिसा बराल, सीमा श्रेष्ठ र एन्जिला श्रेष्ठको पनि प्रस्तुति रहेको थियो । साथै द लेभल अफ डान्स ग्रुपले पनि प्रस्तुति राखेका थिए ।
महोत्सवमा भोलि साेमबार नरेश र बिन्दु
नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ मा भोलि साेमबार गायक नरेश खाती र गायिका बिन्दु परियारकाे प्रस्तुति रहने छ । खाती र परियारले दाङबाट नेपाली गीत संगीतमा प्रतिनिधित्व गर्दै राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा आफूलाई स्थापित गर्दै आएका छन् ।
साथै भोलि महोत्सवको पाँचाै दिन गायक पिताम्बर रिजाल गायिकाहरु अनु राना मगर, शर्मिला अर्यालको प्रस्तुतिसँगै एलिसा डान्स ग्रुप काठमाडौँका नृत्यङ्गनाहरु एलिसा बराल, एन्जिजा श्रेष्ठ र सीमा श्रेष्ठको प्रस्तुति रहने सांस्कृतिक उपसमितिका संयोजक डिल्ली वलीले जानकारी दिएका छन् ।