कृषिमन्त्री चौधरी टर्की प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी टर्कीको अन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना भइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन त्यसतर्फ प्रस्थान गरेकी छिन् ।

सम्मेलनको दोस्रो सातामा मन्त्री चौधरीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन् । साथै, उनले सम्मेलनको उच्चस्तरीय सत्रमा नेपालको तर्फबाट सम्बोधनसमेत गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनमा मन्त्री चौधरीले नेपालको तर्फबाट जलवायु परिवर्तनका कारण हिमाल, हिमनदी, कृषि, वन तथा जैविक विविधतामा परेको असरका विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्नेछिन् । साथै जलवायु न्याय, जलवायु वित्त, हानि तथा नोक्सानीको क्षतिपूर्ति, जलवायुमैत्री कृषि, वन संरक्षण तथा हिमाली पारिस्थितिक प्रणालीको संरक्षणका विषयमा नेपालको धारणा राख्ने उनको सचिवालयले जनाएको छ । रासस

प्रकाशित मिति : २०८३ कार्तिक २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस