पटका पड्काउने क्रममा बालकको मृत्यु

पर्सा । पर्सामा पटका पड्काउने क्रममा छर्रा लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पकाहामैनपुर गाउँपालिकाका–२ का ८ वर्षीय बालक कुन्दन सहनी रहेका छन्

पर्साका डीएसपी चक्रबहादुर मल्लका अनुसार सोमबार बिहान ८ बजे आफ्नै घर अगाडि पटका पड्काउने क्रममा बालक सहनीको छातीमा पटकाको छर्रा लागेर घाइते भएका थिए ।

डीएसपी मल्लले भने, ‘बालकले फलामको पाइभित्र राखेर पटका पड्काएका रहेछन् । पटका पड्कने क्रममा पाइपको दुवैतर्फबाट छर्रा निस्किँदा उनको छातीको बीच भागमा गम्भीर चोट लागेको रहेछ । उपचारका लागि अस्पताल ल्याइए पनि चिकित्सकले बालकलाई मृत घोषणा गरेको हो ।’

पटकाको छर्रा लागेर घाइते भएका उनलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल ल्याइएको थियो । चिकित्सकले जाँच गर्ने क्रममा बिहान ८ः४५ बजे मृत्यु घोषणा गरेका थिए ।

प्रकाशित मिति : २०८३ कार्तिक २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस