घोप्टेभिरमा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

काठमाडौं । धादिङ र चितवनको सीमाक्षेत्र नजिकै रहेको पृथ्वी राजमार्गको घोप्टेभिरमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ।

कुरिनटार नजिक पर्ने घोप्टेभिरमा सोमबार बिहान सुक्खा पहिरो खसेपछि राजमार्गमा सवारी आवागमन रोकिएको हो।

सडक डिभिजन कार्यालय चितवनका अनुसार गएराति सडक माथिबाट पहिरो खसेको थियो। पहिरो हटाउन सोमबार बिहान ६ः३० बजेदेखि मेसिन तथा अन्य उपकरण परिचालन गरिएको छ।

कार्यालयले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन करिब तीन घण्टा लाग्न सक्ने अनुमान गरेको छ। सडक अवरुद्ध भएपछि उक्त मार्ग भएर यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सतर्क रहन र आवश्यक परे वैकल्पिक व्यवस्था गर्न आग्रह गरिएको छ।

प्रकाशित मिति : २०८३ कार्तिक २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस