आज यमपञ्चकको दोस्रो दिन : कुकुर तिहार र साँझ लक्ष्मीपूजा गरिदै

काठमाडौं । आज कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ । आज बिहान कुकुरको पूजा गरेपछि बेलुका लक्ष्मीपूजा गर्नुपर्ने अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सदस्य आचार्य लक्ष्मण पन्थीले जानकारी दिए ।

कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा पनि पुज्ने चलन छ ।

यसैगरी गाईपूजा कात्तिक २३ गते सोमबार परेको छ भने गोरुपूजा, हलितिहार, गोबर्द्धनपूजा, बलीपूजा र आत्म ९म्ह० पूजा कात्तिक २४ गते मंगलबार परेको समितिले जनाएको छ ।

यमपञ्चकको मुख्य दिन भाइटीका भने कात्तिक २५ गते बुधबार परेको छ । पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११ः०७ बजेलाई तोकेको छ ।

आज नरक चतुर्दशी

आज कुकुर तिहारको दिनलाई ‘नरक चतुर्दशी’ पनि भनिन्छ । आज बिहानै विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान गरेर बलेको बत्ती दक्षिण फर्काएर बगाउने चलन छ । यसो गरेमा मृत्युपश्चात् नरक जानुनपर्ने धार्मिक विश्वास छ ।

यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन पनि छ । यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मत समेत छ ।यमपञ्चकको पहिलो दिन हिजो कागपूजा गरिएको थियो ।

प्रकाशित मिति : २०८३ कार्तिक २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस