
काठमाडौं । आज तोलामा दुई हजार रुपैयाँले सुनको भाउ घटेको छ ।
हिजो तोलामा एक लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख ७ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर आज एक हजार तीन सय ३५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २०७९ चैत्र ८ गते बुधवार