‘स्वामी स्वामी’ गीतमा नेपाली बालिकाको डान्स सेयर गर्दै रश्मिकाले भनिन्– ‘म तिमीलाई भेट्न चाहन्छु’

काठमाडौं । ‘पुष्पा’ फेम्ड अभिनेत्री रश्मिका मन्दानाले आफ्नो चर्चित गीतमा डान्स गर्ने नेपाली बालिकाको भिडियो सेयर गर्दै उनीसँग भेट्न चाहेको बताएकी छन् ।

ती बालिका मकवानपुर हेटौंडाकी स्कुले विद्यार्थी भएको खुलेको छ । ‘मेड माइ डे । म यी ब्युटीफुल क्युटीलाई भेट्न चाहन्छु । कसरी भेट्न सक्छु ?’ मन्दानाले भनेकी छन् ।

ती बालिकाले नेपालमा समेत सुपरहिट भएको दक्षिण भारतीय फिल्म पुष्पाः द राइजमा समावेश गीत ‘स्वामी स्वामी’को गीतमा स्कुलमा डान्स गरेको भिडियो भाइरल भइरहेको छ ।

‘पुष्पा’को पहिलो श्रृंखलाले नेपाली बक्स अफिसमा झण्डै १० करोड रुपैयाँ ग्रस कमाइ गरेको थियो । यो फिल्मसँगै रश्मिका नेपाली दर्शकमाझ समेत चर्चित छिन् ।

फिल्म ‘एनिमल’मा उनले नेपाली अभिनेता विपिन कार्कीसँग काम गर्दैछिन् ।

प्रकाशित मिति : २०७९ भाद्र २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस