काठमाडौँ । थापागाउँस्थित मण्डला थिएटरमा बिहीबार (आज) बाट नाटक ‘चरणदास चोर’ मञ्चन सुरु हुने भएको छ । भारतीय नाटककार हबीब तनवीरको चर्चित नाटक ‘चरणदास चोर’ मिलन कार्कीको निर्देशनमा मञ्चन हुने लागेको हो ।
सामाजिक व्यङ्ग्य, लोक शैली र गहिरो नैतिक प्रश्नहरूको संयोजन रहेको नाटकमा मण्डला थिएटर ल्याब १८ औँ ब्याचका विद्यार्थीहरूको अभिनय रहनेछ । नाटकको नेपाली अनुवाद आशान्त शर्मा र राजन खतिवडाले गरेका हुन् ।
धेरै पटक मञ्चन भइसकेको उक्त नाटक यसअघि राजन खतिवडाको निर्देशनमा मञ्चन हुँदै आएको थियो । आगामी चैत ११ गतेसम्म मञ्चन हुने नाटक सोमबारबाहेक साताको प्रत्येक दिन साँझ ५ः १५ बजे मञ्चन हुने मण्डला थियटरले जनाएको छ ।
प्रकाशित मिति : २०८२ फाल्गुन २८ गते बिहिवार



