कांग्रेस मतगणना अपडेटः १८९५ मत गन्दा गगन धेरै अगाडि, विश्वप्रकाश पछिपछि

काठमाडौं । नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणनामा गगन थापाले फराकिलो अग्रता कायम राखेका छन् ।

१८९५ मत गन्दा गगनले १२९४ मत प्राप्त गरेका छन् । विश्वप्रकाश शर्माले ८२७, प्रदीप पौडेलले ६६८, प्रकाशशरण महतले ६२० र मीनेन्द्र रिजालले ३२९ र राजाराम कार्कीले ५८ मत प्राप्त गरेका छन् ।

दुई महामन्त्री चयन गर्नुपर्ने भएकाले एउटा मतपत्रमा दुईवटासम्म मत दिन पाउने व्यवस्था छ । कांग्रेस मुख्यालय सानेपामा ३ स्थानमा मतगणना भइरहेको छ ।

प्रकाशित मिति : २०७८ पुष १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस