बिजाैरी । तुलसीपुर–१९, दोघरे स्थित उर्वर कृषि सहकारी संस्था लिमिटेड दाङको १५औँ साधारण सभा शनिबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष गोपाल खड्काको अध्यक्षतामा सम्पन्न सभामा संस्थाका शेयर सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।
मिनाकुमारी केसी ओलीले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संस्थाको गतिविधि, प्रगति तथा आगामी कार्ययोजनालगायतका विषयमा छलफल भएको थियो।
सभामा शेयर सदस्यहरू सोमनाथ अधिकारी, निर्मला ढकाल, मनबहादुर लगायतले आ–आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरेका थिए । उनीहरूले संस्थाको सेवा तथा गतिविधिलाई थप प्रभावकारी बनाउँदै शेयर सदस्यहरूको हितमा काम गर्नुपर्नेमा जोड दिएका थिए ।
संस्थाले सबै शेयर सदस्यलाई साधारण सभामा अनिवार्य उपस्थित हुन आग्रह गरेको थियो। निर्धारित समयमा उपस्थित हुन नसक्ने सदस्यले संस्थालाई जानकारी गराउनुपर्ने तथा जानकारी बिना अनुपस्थित भएमा जरिवाना गरिने सूचनामा उल्लेख गरिएको थियो। सभाको उद्घोषण लालबहादुर केसीले गरेका थिए ।


