बिजौरी । तुलसीपुर उपमहानगरपनलिका वडा नं. १९ छिल्लीकोटमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । छिल्लीकोट निवासी ६६ वर्षीय रामबहादुर पुनको भीरबाट लडेर मृत्यु भएको हो । पुनका छोरा प्रकाश पुनकाअनुसार मंसिर २ गते घरबाट बिजौरीतर्फ भकारी बेच्न आएको तर त्यसैदिन फर्कने क्रममा झुल्के सामुदायिक वनको चोरकाटे भीरबाट लडेर मृत्यु भएको छ ।
पुन सम्पर्कमा नआएपछि घर परिवारले खोज्ने क्रममा शनिबार टोपी र जुत्ता फेला पारेसँगै बृद्धको शव मृतकका छोरा शिवप्रसाद पुनले फेला पारेका थिए ।
पुनको शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको छ।
प्रकाशित मिति : २०७८ मङ्सिर १२ गते आइतवार