जलजला युवा क्लब पाछाबाङ राक्सेबाङको वार्षिकोत्सब सम्पन्न

रोल्पा । राष्ट्रका लागि विविधतामा एकता, स्वस्थ नागरिकका लागि खेलकुद आवश्यकता भन्ने मुल नाराका साथ जलजला युवा क्लब परिवर्तन गाउँपालिका ४ पाछाबाङ राक्सेबाङ रोल्पाको १५ औं वार्षिकोत्सब सम्पन्न तथा सहिद मेमोरियल खेलकुद महोत्सव २०७८ उद्घाटन भएको छ ।

क्लबका अध्यक्ष केआर बुढामगरको अध्यक्षता, नेकपा माओवादी केन्द्रका केन्द्रीय प्रवक्ता तथा पूर्वसभामुख कृष्ण बहादुर महराको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

क्लबको ब्यानर उद्घाटन गरी प्रमुख अतिथिको आसनबाट बोल्दै महराले जनमुक्ति सेनाहरुको अवस्था संघर्ष र बलिदानको देशभरी समीक्षा भएको बताए । सेनाको ठुलो इतिहास र धेरै महत्वपूर्ण भूमिका रहेको समेत बताए । जनमुक्ति सेना दिवसका अवसरमा सेनाहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनले अहिले नेपालको पार्टीहरु जटिल अवस्था भएको र आफुहरु जटिल अवस्थाबाट अगाडि बढिरहेको बताए ।

साथै अहिलेको यो अवस्थामा विभिन्न पार्टीहरु आआफ्नो महाधिवेशनमा भएको र आफ्नो पार्टी पनि त्यसको समीक्षामा रहेको बताए । महराले पार्टी नयाँ र रुपान्तरणको पक्षमा भएको बताउदै पार्टी हिजोको जस्तो नभएको र पार्टी अध्यक्ष प्रचण्ड र आफूले विभिन्न पार्टीका नेताहरुलाई भेटर छलफल गरेको समेत बताए । आफूले नेत्रविक्रम चन्द, मोहन वैद्ये किरण, बाबुराम भट्टराई र मोहन विक्रम सिंह लगायतसंग हिजोका दिनमासंगै रहेता पनि आज आफूहरु अलग भएको र अब माओवादी ध्रुवकृत परिवर्तन चाहने शक्तिहरु क्रान्ति चाहने शकति एक जुट हुने सहमति भएको समेत बताए ।

त्यस्तै महराले आफ्नो पार्टीमा शुद्धीकरण भएको र अन्य पार्टी फुट्दै गएको पार्टीसंँग एकता सम्भव नभए संयुक्त पार्टीसँग मिलेर अगाडि बढ्ने उद्घोष गरे । जनताको समस्या र राष्ट्रिय समस्या तमाम भएको भन्दै नेपाल स्वआफ्नो इच्छाले नचली विदेशी हस्तक्षपबाट अगाडि बढी रहेको बताए ।

सो कार्यक्रमको विशिष्ट अतिथि समेत रहेका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं शिक्षा तथा स्वास्थ्य सभापति जयपुरी घर्तीमगरले आज धेरै जनताको लामो संघर्षले गर्दा संघीय गणतन्त्रको स्थापना भएको बताइन् । घर्तीले देशमा आज आमोल परिवर्तनको बाटोमा अगाडि बढेको उल्लेख गर्दै देशले पाँच बर्षसम्म निकास नपाउनु अर्को दुखद पक्ष भएको बताइन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस