
दाङ, २ मंसिर ।
दाङमा सडक मर्मतको क्रममा आज बिहानै जेसिबि दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका वडा नम्बर ५ मा सडक मर्मतको क्रममा जेसिबि दुर्घटना हुँदा अपरेटर घोराही-१० नारायणपुरका २२ वर्षिय सुनिल बिकको घटनास्थलमै मृत्यु भएको हो ।
पर्यटकियस्थल बंगलचुली टावर जाने सडक मर्मतको क्रममा बिहान साढे ४ बजेतिर रा १ क ९१४ नम्बरको जेसिबि दुर्घटनामा परेको हो । दुर्घटनामा सहचालक बर्दियाको गुलरिया नगरपालिकाका २३ वर्षिय राजकुमार चौधरी सामान्य घाइते भएको बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिनुभयो ।
घुम्तीमा सडक मर्मतको क्रममा माटोमा भसिएर जेसिबि दुर्घटनामा परेको हुन सक्ने उहाँले बताउनुभयो ।
प्रकाशित मिति : २०७८ मङ्सिर २ गते बिहिवार