
रोल्पा– घरेलु तथा साना उद्योग कार्यालय लिबाङ रोल्पाको आयोजनामा परिवर्तन गाउँपालिका ३ बागमारा र परिवर्तन गाउँपालिका ६ को विभिन्न किराना पसलको अनुगमन गरिएको छ।
अनुगमन गर्दा म्याद गुर्जिएका सामानहरु फेलापारी नष्ट समेत गरिएको हो।
जसमा बेसार,चियापत्ती,भुजा,बिस्कुट,मिठाई,दालमोट,वेसन,कुरकुरे र आटाको थैली गरि करिब ११ हजार ५ सय ७० रुपियाँ बराबरको म्याद सकिएको सामान नष्ट गरिएको कार्यालयले जनाएको छ।
घरेलु तथा साना उद्योग कार्यालय रोल्पाका अधिकृत टिलकराम वलीको संयोजकत्वमा भएको बजार अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालयका जिल्ला प्रशासनका तोपेन्द्र पौडेल,इलाका प्रहरी कार्यालय ओबाङका इन्चार्ज धनबहादुर केसी,प्रहरी चौकी बागमाराका ह्वलडार देवीराम बिक,अनुसन्धानका सुचक विरेन्द्र रावल,परिवर्तन गाउँपालिका कृषि शाखाका सुर्य प्रकाश डाँगी,प्रहरी चौकी बागमाराका ह्वलदार शरद चौधरी,प्रहरी चौकी बगमाराका प्रहरी जवान हिमाल जिसी,पत्रकार सुर्य प्रकाश बुढामगर र घरेलु तथा साना उद्योग कार्यालय रोल्पाका कर्मचारी टिकाराम घर्तीमगर लगाएतको टोलीले अनुगमन गर्दा म्याद गुर्जिएका सामानहरु फेलापारी नष्ट गरिएको छ।
अनुगमन गर्दै घरेलु तथा साना उद्योग कार्यालय रोल्पाका अधिकृत टिलकराम वलीले सामान खरिद गर्दा अनिवार्य मिति हेरेर मात्र खरिद गर्न आग्रह समेत गर्नुभएको छ।कम्पनीले म्याद सकिन लागेको सामान पठाउने भएकाले त्यस तर्फ चलाखु हुन समेत सबैलाई आग्रह गर्नुभएको छ।

सामानको म्याद सकिनु भन्दा पहिलेनै सामान विक्री गर्ने र यद्यपि बच्यो भने पसले स्वयंमले आफै नष्ट गर्न समेत आग्रह गर्नुभएको छ।म्याद गएको सामानले मानिसको स्वास्थ्य समेत नकारात्मक असर गर्ने समेत वलीको भनाइ थियोे।अनुगमनमा भेटिएको सामान जफत गर्नु आफूहरुको दायित्व भएको समेत बताए।म्याद सकिएको सामान विक्री गरेको थाहा भएमा पसले आफै जिम्मेवारी हुने समेत बताउनुभयो।