दाङ –
पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध भोलि विप्लब समुहले नेपाल बन्द गर्ने भएको छ । भोलि देशभर आयल निगमको कार्यलयमा कालो ब्यानर राखेर विरोध प्रदर्शन गर्ने बताईएको छ । निगमले १२ दिनको अन्तरालमा पेट्रोलियम पदार्थको मूल्य बढाएपछि विद्यार्थी सङ्गठनले भोलि नेपाल बन्दको घोषणा गरेका हुन् ।
निगमले गत २४ गते राती देखि लागु हुनेगरि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर तीन-तीन रुपैयाँ बढाएको हो । खाना पकाउने एलपी ग्याँसको मूल्य पनि प्रति सिलिण्डर ७५ रुपैयाँ बढाएको छ ।
नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर एक सय ३६ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रति लिटर १ सय १९ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यास प्रति सिलिण्डर एक हजार ५ सय ७५ रुपैयाँ पुगेको छ । यसैको विरुद्धमा विप्लबले भालि नेपाल बन्द गर्ने घोषणा गरेको छ ।
प्रकाशित मिति : २०७८ कार्तिक २९ गते सोमवार