दाङ, १ कार्तिक ।
बाली भित्र्याउने बेलामा भारी वर्षा भएपछि किसान चिन्तित बनेका छन् । दशैँ सकिए लगत्तै धान तथा मकै बाली भित्र्याउन तयारी अवस्थामा रहेका किसान पानी परेपछि चिन्तित बनेका बनेका छन् ।
तराईका जिल्लामा धान बाली भित्र्याउने किसानलाई चटारो छ भने पहाडी जिल्लामा मकै बाली भित्र्याउन किसानलाई चटारो छ । तर बाली भित्र्याउने बेलामा पानी परेपछि बारीमै बाली कुहिने हो कि भन्ने चिन्ता किसानलाई छ ।
अहिले कतिपयले धान काट्न शुरु गरिसकेका छन् भने कतिपयको धान काट्न तयारी अवस्थामा छन् । धान भित्र्याउने बेलामा पानी परेपछि कसरी भित्र्याउने भन्ने समस्या भएको तुलसीपुर-८ का हरिस चौधरीले बताउनुभयो । दशैँ लगतै धानी बाली भित्र्याउने तयारी गरिएपनि पानी परेपछि समस्या भएको उहाँको भनाई छ ।
यस्तै पहाडी भेगमा पनि मकै बाली भित्र्याउन समस्या भएको छ । तर कतिपय किसानलाई भने अहिले परेको वर्षाले राहत बनाएको छ । यसैबिच अबको केहि दिन पानी पर्ने भएकाले धान काट्दा र थन्क्याउँदा विशेष ध्यान दिन विज्ञले सुझाव दिएका छन् । अहिले दाङ सहित तराईंका धेरै जिल्लामा छोटो समयमा पाक्ने जातका धान काट्ने बेला भएको छ ।