तुलसीपुर । कोरोना विशेष अस्पताललाई बेलझुण्डीबाट राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सारिने भएको छ । लुम्बिनी प्रदेश सरकारले सञ्चालन गरेको कोरोना विशेष अस्पताललाई तयार भएको भवनमा सारेर भोलि (शुक्रबार) उद्घाटन गर्न लागेको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।
अस्पतालका व्यवस्थापक वलीका अनुसार अस्पतालको आईसियु सहित ६० वेडहरु प्रादेशिक अस्पताल तुलसीपुरको सुविधासम्पन्न भवनमा सार्न लागिएको हो ।
अस्पतालको २० वेडको आईसीयू, १५ वेडको पिआईसीयू, १५ वेडको एनआईसीयू र १० वेडको एचडियू गरी ६० वेडलाई स्थानान्तरण गर्न लागिएको व्यवस्थापक वलीले जानकारी दिए । शुक्रबार बिहान ९ बजे राप्ती प्रादेशिक अस्पतालमा उद्घाटन हुने भएकोले सम्पूर्णलाई कार्यक्रममा सहभागी हुन वलीले अनुरोध गरेका छन् ।
हाल कोरोना विशेष अस्पताल बेलझुण्डीमा ४ जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ ।