सभामुख सापकोटा विरुद्धको मुद्दा ‘हेर्न नमिल्नेमा’

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा हेर्न नमिल्नेमा परेको छ । आज संवैधानिक इजलासमा सुनुवाईका लागि पेसी तोकिएको मुद्दा हेर्न नमिल्नेमा परेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन् ।

सशस्त्र द्वन्द्वकालमा भएको अर्जुन लामा हत्याकाण्डमा सापकोटाविरुद्ध मुद्दा दायर गरिएको थियो ।

प्रकाशित मिति : २०७८ असोज १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस