टी–२० विश्वकप : सेमिफाइनल खेल्ने चारै टोलीको टुंगो

जारी टी– २० पुरुष विश्वकपको सेमिफाइनल खेल्नै चारैवटा टोलीको टुंगो लागेको छ।

आइतबार राति भारतले सेमिफाइनलमा स्थान बनाएसँगै यस संस्करणको सेमिफाइनलको समीकरण पूरा भएको हो।

वेस्ट इन्डिजमाथि ५ विकेटको जित हात पारेपछि भारत सेमिफाइनलमा पुग्ने अन्तिम टोली बनेको हो।

जारी विश्वकपमा इंग्ल्यान्ड सेमिफाइनलमा स्थान बनाउने पहिलो टोली हो। त्यस्तै, दक्षिण अफ्रिका र न्यूजिल्यान्डले पनि सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्।

यी चार टोलीमध्य भारत र इंग्ल्यान्डले समान २–२ पटक टी–२० विश्वकपको उपाधि जितेका छन् भने दक्षिण अफ्रिका र न्यूजिल्यान्ड उपाधिविहीन छन्।

सेमिफाइनलको पहिलो खेल आउँदो बुधबार हुनेछ, जहाँ दक्षिण अफ्रिका र न्यूजिल्यान्डले प्रतिस्पर्धा गर्ने छन्।

प्रकाशित मिति : २०८२ फाल्गुन १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस