तुलसीपुर बजारमा अनुगमनलाई तिव्रता दिदै

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले बजार अनुगमनलाइ तिब्र पारेको छ । उपभोक्ता हकहित संरक्षण तथा बजार व्यवस्थापन शाखाको अगुवाइमा बुधवार तुलसीपुरका विभिन्न निजि विद्यालयका चमेनागृह तथा केहि किराना पशलहरुमा अनुगमन गरिएको थियो ।

अनुगमन टोलिले बुधवार तुलसीपुरस्थीत निजि विद्यालयहरु पव्लिक ज्ञानज्योती, गोरखा मावि तुलसीपुर, संस्कार पाठशाला, शिखा एकेडमी तथा राप्ती वाल एकेडमी स्कुलका क्यान्टीनहरुको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा विद्यालयका क्यान्टिनहरुमा कुनै कैफियत नदेखिएको बजार अुनगमन शाखा प्रमुख राजु श्रेष्ठले जानकारी दिए । अनुगमन गरिएका क्यान्टीनहरुमा सवैभन्दा उत्कृष्ट संस्कार पाठशालाको रहेको पनि अनुगमनका प्रतिनिधिहरुले बताएका छन् ।

त्यसैगरी अनुगमन किराना पशलहरुमा पनि भएको उपभोक्ता हकहित संरक्षण एवं बजार व्यवस्थापन शाखाका प्रमुख राजु श्रेष्ठले बताए । अघिल्लो पटकको अनुगमनमा वन्जाडे किराना पशल तथा आयल मिलमा तेलमा थेग्गर पाइएपछि अनुगमन समितिले फेरी अर्को छड्को अनुगमन गरेको थियो । आजको अनुगमनमा आउदा सुधार देखिएको पनि शाखाले जनाएको छ । अनुगमन समितिले तुलसीपुर उपमहानगरपालिका—६ वरुवागाउ कुलो नजिकको भुषाल किराना पशलमा पनि दैनिक उपभोग्य सामाग्रिहरुको अनुगमन गरेको थियो । अनुगमनका क्रममा सो पशलमा उपभोक्तालाइ विक्रिकालागी निषेध गरिएका केहि खाद्ध सामाग्रिहरु भेटिएका थिए । त्यस्ता सामाग्रिहरुमा चाइनिज रोल र कोरीयन रोल रहेका छन् । ती रोलका नमुनाहरु अनुगमन समितिले नियन्त्रणमा लिएर परीक्षणकालागी पठाइने जनाएको छ । विशेष गरी वालवालिकाहरुलाइ लक्ष्िित गरेर विक्रि गरीने ती रोलहरुभित्र नगद रुपैया राख्ने गरिएकाले खाद्ध प्रविधि तथा गुण नियन्त्रण कार्यालयले यस्ता खाद्ध सामाग्रि नबेच्न व्यापारीहरुलाइ निर्दैशन समेत गरेको थियो । तर झुसाल किराना पशलमा ती सामाग्रि भेटिएपछि परीक्षणकालागी नियन्त्रणमा लिइएको डिभिजन प्रमुख बरालले बताएका छन्

खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को न्युनतम मापदण्डमा कुनैपनि खेलौना वा खाद्ध सामाग्रिहरुमा नगद रुपैया प्याकिङभित्र राखेर बेच्न पाइने छैन भन्ने उल्लेख छ । यदि त्यसो भएको प्रमाणित भएमा संबन्धित उत्पादक कम्पनीलाइ कारवाहि गरीने पनि सो ऐनमा उल्लेख गरिएको छ ।

बुधवारको अनुगमनमा तुलसीपुरस्थीत खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका डिभिजन प्रमुख पदम वराल, उपमहानगरपालिका उपभोक्ता हकहित संरक्षण तथा बजार व्यवस्थापन शाखाका प्रमुख राजु श्रेष्ठ, कर्मचारी खेमकान्त पाण्डे, तुलसीपुर उद्योग वाणिज्य संघका कार्यालय प्रमुख पारेश्वर भट्टराइ, तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का वडा सदस्य यमराज केसी, इलाका प्रशासन कार्यालय तुलसीपुरका हुमलाल न्यौपाने, नगर प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ऋषिराज पछाइ, पत्रकार बंशि कुमार शर्मा, राकेश बस्नेत, खेमराज रिजाल लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८२ मङ्सिर १० गते बुधवार
प्रतिक्रिया दिनुहोस