पिपुल्स पावर कम्पनीको सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पिपुल्स पावर कम्पनीको सेयर सूचीकृत भएको छ । कम्पनीको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६३ करोड २६ लाख रुपैयाँ बराबरको ६३ लाख २६ हजार कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

कम्पनीको आयोजना प्रभावित स्थानीयलाई जारी गरेको ६ लाख ३२ हजार ६०० कित्ता, सर्वसाधारणलाई निष्कासन गरेको २४ लाख ६७ हजार ४०० कित्ता र संस्थापक सेयरधनीको ३२ लाख २६ हजारकित्ता सेयर सूचीकृत भएको हो ।

२६ असोजमा नेप्सेमा सूचीकृत गर्ने सम्झौता भएको कम्पनीको सेयर आगामी आइतबारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिने नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असोज २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस