काठमाडौं । श्रीलंकलाई हराउँदै नेपाल समूह विजेता बनेर साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।
समूह ‘बी’ को अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६–० को फराकिलो अन्तरले हरायो ।
खेलको पहिलो हाफको इन्जुरी समयमा दीपा शाहीले गोल गरेपछि नेपाल पहिलो हाफमा ४–० ले अघि भएको थियो ।
७५ औं मिनेटमा गोल गरेकी अमिसा कार्कीले दोश्रो हाफको इन्जुरी समयमा अर्को गोल थपिन् र खेल नेपालले ६–० ले जित्यो ।
नेपाल समूह विजेता बनेपछि यो समूहबाट भूटान उपविजेता बनेको छ । समूह एबाट भारत र बंगलादेश यसअघि नै सेमिफाइलनम पुगिसकेका छन् । भारत र बंगलादेशबीच हुने समूह चरणको खेलको नजितापछि मात्र नेपाल र भुटानका सेमिफाइनलका प्रतिद्वन्द्वी टिमको टुंगो लाग्ने छ ।
प्रकाशित मिति : २०७९ भाद्र २७ गते सोमवार


