वायन पार्नेलले जेबी ब्रुग्सबाट इयू टी– २० लिग बेल्जियम खेल्ने

दक्षिण अफ्रिकाका वायन पार्नेलले जेबी ब्रुग्सबाट इयू टी– २० लिग बेल्जियम खेल्ने भएका छन् । ब्रुग्सले सामाजिक सञ्जालमार्फत् पार्नेललाई अनुबन्ध गरेको जानकारी दिएको हो ।

जेबी ब्रुग्स ड्रीम स्पोर्ट्सको स्वामित्वमा छ । ड्रीम स्पोर्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज जनकपुर बोल्ट्समा पनि लगानी गरेको छ । पार्नेलले एनपीएल २०२५ मा पनि जनकपुरबाटै खेलेका थिए ।

जेबी ब्रुग्सले यसअघि नेपालका दीपेन्द्रसिंह ऐरीसँगै न्युजिल्यान्डका कोलिन मुनरो र दक्षिण अफ्रिकाका रस्सी भान डेर डुसेनलाई अनुबन्ध गरिसकेको छ ।

प्रतियोगिताको ‘ड्राफ्ट’ मार्च २४ मा हुँदैछ, जसमा १८ नेपाली खेलाडी पनि हुनेछन् ।

डेस्टिनो लेजेन्ड्स स्पोर्ट्स एलएलसीले बेल्जियम क्रिकेट फेडेरेसनसँगको सहकार्यमा पहिलो पहिलो पटक आयोजना गर्न लागेको इयू टी– २० बेल्जियम क्रिकेटमा ६ टोली सहभागी हुनेछन् ।

प्रकाशित मिति : २०८२ चैत्र ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस