सप्तरीमा तीन वर्षीया बालिका मृत फेला, एक व्यक्ति पक्राउ

सप्तरी । सप्तरीमा तीन वर्षीया बालिका मृत फेला परेको घटनामा एक जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सप्तरीका डीआईजी ओम अधिकारीले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको पुष्टि गरे ।

उनको गतिविधि शंकास्पद देखिएपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको डीआईजी अधिकारीले जानकारी दिए । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर –३ मा तीन वर्षीया सानिया खातुन आइतबार मृत फेला परेकी थिइन्।

स्थानीय इरफानकी ३ वर्षीया छोरी सानिया आइतबार बिहान करिब ९ बजेपछि घरबाट एकाएक बेपत्ता भएकी थिइन् । सानिया बेपत्ता भएको जानकारी परिवारको सदस्यले दिएपछि उनको खोजी गर्ने क्रममा घरदेखि करिब ६० मिटर पछाडि झाडीमा शव फेला परेको थियो ।

प्रकाशित मिति : २०८३ भाद्र ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस