गुणकारी अमला खानुका १० फाइदाहरू

काठमाडौँ र अमला खाँदा स्वस्थमा धेरै फाइदा पुग्छ, जसमा एउटा अमलाले कपाल झर्न कम गर्छ, चायाँ हटाउँछ, र कपाललाई कालो तथा मजबुत बनाउन समेत सहयोग गर्दछ ।

यतिमात्र होइन अमलामा भिटामिन सी भरपुर मात्रामा पाइन्छ । अमलामा तीन सुन्तला बराबर भिटामिन सी एक अमलाबाट पाउन सकिन्छ । नेपाली समाजमा अमलालाई आयुर्वेदिक औषधिको रुपमा पनि धेरै प्रयोग गर्ने गरेको पाइन्छ ।

यसमा गालिक एसिड, टान्निुक एसिड, सेलुलोज, क्याल्सियम, अल्बुमिन जस्ता रसायनिक तत्व पाइन्छ भने यसबाट अचार, च्यवनप्रास, क्यान्डी लगायतका विभिन्न प्रकारका मिठाइहरू समेत बनाउन सकिन्छ ।

जाडो मौसममा अमला सेवनका केही विशेष फाइदाहरू छन् । अमलाको सबैभन्दा ठुलो गुण भनेको यसलाई पकाएपछि पनि यसमा समावेश भिटामिन सी यथावत नै रहन्छ ।

अमला हरेक मौसममा सेवन गर्न सकिन्छ । तर जाडोमा यसको सेवन गर्दा विशेष लाभ लिन सकिन्छ । अमलाको सेवन रुघा–खोकी, छाला, नेत्र रोग तथा केशका लागि अति उपयोगी मानिन्छ ।

अमलामा क्रोमियम बढी मात्रामा हुन्छ। अमला हरियो होस् अथवा ताजा अथवा सुकाएको भए पनि यसको गुण भने कहिल्यै कम हुँदैन।

यस्ता छन् अमला खानुका १० फाइदाहरू :

१. जाडो मौसममा बिहान खानामा अमलाको अचार अथवा मुरब्बा सेवन गर्नाले तपाईँ वर्षभरि नै स्वस्थ रहनु हुन्छ।

२. अमलाको सेवनले बुढोपन हुनबाट जोगाउनुका साथै मधुमेह तथा मुटुसम्बन्धी रोग लाग्नबाट बचाउँछ।

३. यसको सेवनले शरीरमा भएका विकार पदार्थहरू बाहिर निकाल्न मद्दत गर्छ।

४. अमलाको नियमित सेवनले शरीरमा रोग प्रतिरोधात्मक क्षमतालाई मजबुत बनाउनुका साथै रगत सफा गराउन मद्दत गर्छ।

५. यसको नियमित सेवनले कपाललाई सुन्दर बनाउन मद्दत गर्छ। अमलाको सेवनले केश झर्न कम हुन्छ, यसले केशको जरालाई बलियो प्रदान गर्छ।

६. अमलाको सेवन गर्नाले रुघाखोकी निको हुनुका साथै पिसाबसम्बन्धी समस्याबाट छुटकारा पाउन मद्दत मिल्छ।

७. मुटुलाई स्वस्थ बनाउनको लागि जाडो मौसममा दिनहुँ अमला खान सकिन्छ । यसो गर्दा यसले मुटु मांसपेशीहरु बलियो हुन्छ, जस कारण मुटुले शरीरमा सफा रगत सञ्चार गर्न सक्छ र स्वस्थ रहन सकिन्छ ।

८. अमला डाइबिटीजको समस्या भएको व्यक्तिको लागि पनि अति लाभकारी मानिन्छ । विशेषगरी यो क्रोमियम इन्सुलिन बनाउने सेल्सहरुलाई एक्टिभेट गर्छ र यो हार्मोन्सको काम शरीरमा ब्लड शुगरलाई नियन्त्रण गर्न समेत मद्दत गर्छ ।

९. अमलाको नियमित सेवनले शरीरमा पाचन शक्ति बढाउनुका साथै स्मरण शक्तिलाई समेत बढाउन मद्दत गर्छ।

१०. अमलाको जूसमा मह मिलाएर पिउनाले मोतिबिन्दुको समस्या भएकाहरुले लाभ लिन सक्छन् ।

प्रकाशित मिति : २०८२ फाल्गुन १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस