नेपालले चैत १२ मा हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौं । नेपालले आगामी चैत १२ गते हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । बुधबार अखिल नेपाल फुटबल संघ(एन्फा)ले चैत ४ मा नेपाल र हङकङले मैत्रीपूर्ण फुटबल खेल्ने तय भएको जनाएको हो ।

एन्फाका अनुसार खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । नेपालले हालसम्म हङकङसँग दुईपटक प्रतिस्पर्धा गरेको छ ।

नेपालले एएफसी एसियन कप अन्तर्गत सन् १९९८ को मे २५ मा र सन् २०२५ को जुन ५ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेको हो । यी दुई खेल गोलरहित बराबरीमा समाप्त भएका थिए ।

प्रकाशित मिति : २०८२ फाल्गुन १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस