काठमाडौ । आकार बहुउद्देश्यीय सहकारी संस्थाको चौथो वार्सिक साधारणसभा सनिवार काठमाडौमा सम्पन्न भएको छ ।
संस्था लिका उपाध्यक्ष बिनयराम भट्टको अध्यक्षता एबम् काठमाडौ महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष खेमराज तिवारीको प्रमुख आतिथ्य र संस्थाका सल्लाहकार डाक्टर रामशरण थपलियाको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको थियो ।

सभामा प्रमुख अतिथि तिवारीले भने – “संस्था बिगार्ने मुख्य कारणनै लोभले हो। हामी लोभबाट बच्यौं भने संस्था बलियो बन्छ र शेयर सदस्यहरूलाई लाभ पुग्छ। सहकारी त सदस्यहरूकै हित र सामाजिक कार्यका लागि हो। यस तर्फ हामि सजग रहौं”
बिशिस्ट अतिथि थपलियाले संस्थाहरु राज्य नियमानुसार चल्नु पर्ने भएकोले यसलाई पनि बदलिँदो परिवर्तित नियमनुसार चल्न आवश्यक छझ भने ।
संस्थाका शेयर सदस्य चेतनाथ पुडासैनीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त सभामा शेयर सदस्य रमेश धमला लगायतकाले शुभकामना दिएका थिए ।

उक्त सभामा कोसाध्यक्ष बिकास लम्सालले आर्थिक प्रतिबेदन र कार्यक्रमको सहजीकरण पनि गरेका थिए ।


