अध्यक्ष र महासचिव दुवै पदको आकांक्षी म होइन –उपाध्यक्ष पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीको ११औँ महाविधेशनमा आफू अध्यक्ष र महासचिवको उम्मेदवार नहुने बताएका छन् ।

बुधवार प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेता पौडेलले पार्टी जीवनमा आफूले कुनै पनि जिम्मेवारीका लागि इच्छा व्यक्त नगरेको दाबी समेत गरेका छन् । उनले एमालेका साढे ६ लाख कार्यकर्तामध्ये आफू पनि एक सदस्य भएको भन्दै आफूजस्ता हजारौँ हजार कार्यकर्ता रहेकाले आफ्नो ठाउँ के हुन्छ भनेर चिन्ता नगर्ने बताए ।

साथै उनले ११ औँ महाधिवेशनमा महासचिवको उम्मेदवार नहुने पनि प्रस्ट पारे । उनले आफूले केपी शर्मा ओलीलाई सघाउने भएकाले अध्यक्षको उम्मेदवार पनि नहुने बताए ।

प्रकाशित मिति : २०८२ मङ्सिर १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस