बच्चाको पढाइका लागि २० हजार झाडु बनाएकी चिनियाँ महिला

एक चिनियाँ महिलाले आफ्नो बच्चाको उच्च शिक्षाका लागि विगत तीन वर्षदेखि झाडु बनाएर बेचिरहेकी छन् ।

एक चिनियाँ समाचारपत्रमा उनको यस्तो समाचार प्रकाशित भएपछि सामाजिक सञ्जालमा अहिले यो मेहनतको प्रसंशा भइरहेको छ ।

चाइना डेलीका अनुसार यी महिलाले विगत तीन वर्षमा २० हजारभन्दा धेरै झाडु बनाएर बेचेकी छन् । यसबाट कमाएको पैसाले उनले आफ्नो बच्चाको विश्वविद्यालय र मेडिकलको शुल्कको खर्च चलाएकी छन् ।

समाचारपत्रले ट्वीट गरेको छ, “यी समर्पित आमाले आफ्नो ऋण उतारिरहेकी छन् र आफ्नो बच्चालाई विश्वविद्यालय पठाइरहेकी छन् । उनले विश्वविद्यालयको फिस र मेडिकल बील भर्न तीन वर्षमा २० हजारभन्दा धेरै झाडु बनाएर बेचिन् ।”

समाचारको प्रतिक्रियामा धेरैले उनको मेहनतको प्रसंशा गर्दै शुभकामना समेत दिएका छन् । साथमा ती महिलाबाट धेरैले प्रेरणा लिन सक्ने पनि बताएका छन् ।

प्रकाशित मिति : २०८१ बैशाख ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस