हरेक नवीन दिनसँगै नया अपेक्षा, आशा जागृत हुनु स्वभाविकै हो । विहानीले दिनको लक्षण देखाउछ । २०७९साल मेरो भ्रमण वर्ष बन्न गयो । नेपालका बिभिन्न स्थानको भ्रमण गर्ने औवसर पाइयो भने छिमेकी मुलुक भारतको पाटन देवीको दर्शन गरियो त्यसैगरि सिंगापुर र मलेसियाको विकास र समृद्धि प्रत्यक्ष देख्न ईच्छालाई किवानिज क्लवले २०७९ सालमा जुराइदियो ।
किवानिज क्लवको एसिया प्यासिफिक कार्यत्रम चैत्र २ ३ र ४ गते मलेसियामा हुने भएपछि त्यहि कार्यक्रममा सहभागि हुनकोलागि सिंगापुरको समेत भ्रमण गर्ने प्याकेज किवानिज क्लव नेपाल डिष्ट्रकले बनाए पछि त्यहाका बिभिन्न स्थानको अवलोकन गर्न अवसर पाईयो । समग्रमा यो साल मेरोलागि भ्रमण वर्ष रहन गयो ।
देशले नया सरकार पायो । २०७९ सालमा स्थानीय, प्रदेश र संघिय निर्वाचन शान्तिपूर्ण रुपले सम्पन्न भए । तीन तहको निर्वाचन हुँदै राष्ट्रियसभाको उपनिर्वाचनसमेत यस वर्ष सम्पन्न भएका छन् ।
संसदहरुले अभिभावकिय रुपमा राष्ट्रपति उपराष्ट्रपति चुनेका छन । समग्र यो वर्ष निर्वाचन वर्ष रहन गयो ।
राजनीतिक उतार चढावले पनि मुलुक निकै तातियो । शिर्ष नेताहरुले जनता र मुलुकको समस्यालाई थाति राखि राजनीतिक बहसलाई प्रथामिकता दिए । रोग, भोक सन्त्रासले बाचेको जनतालाई जर्वजस्ती निर्वाचनमा नेताहरुले धकेलीदिए त्यसैमा जनताले राम्रो नराम्रो छुट्टयाउन सकेनन् या चाहेनन् निर्वाचनमा होमिए । राजनीतिले राष्ट्रिय एजेण्डा भन्दा यहा व्यक्तिगत एजेण्डाले प्राथामिकता पाए । त्यसलाई पनि जनताले छुट्टयाउन सकेनन् । नया राजनीतिक दलहरुको उदय भयो तर निर्णायक बन्न सकेन्न ।
संबैधानिक राजतन्त्र, हिन्दुराज्य पुनःस्थापनाको विषय सदन सडकमा आउन सुरु गरेको छ । नयाँ संविधान जारी भैई कार्यान्वन भैइसक्दा पनि नेपाली जनताले स्थीर सरकार पाउन नसकेकै कारण राज्य पुर्नसंरचनाले बहसमा आएको हो । २०७९ साल भरि यो मुद्धाले स्थान पाएको छ । राजनीतिक अस्थिरता पनि त्यहि गतिमा गएको छ ।
जनताहरुले वैकल्पीक शक्ति खोजेको आशय प्रष्ट हुन्दा हुन्दै पनि तीनिहरुले पनि आफनो अस्तित्व जोगाउन सकेन्न् । छोटो समय मै सत्ता केन्द्रीत राजनीतिमा अलमलिय । यथास्थिीति दलहरुका शिर्ष नेता र नव उदायको नेताहरुलाई निर्वाचनमा प्रश्न गर्न नसक्नु जनताको कमजोरी रहयो । त्यसपछि शिर्ष नेताहरु व्यक्तिगत स्वार्थमा नै रुमलिए । राजनीतिक दलहरुलाई जनताले दिएको म्यान्डेट नेताका लागि स्वार्थसिद्धमा सिमित रहयो । सडक, सदन र सत्तामा उद्घोष हुने नेताहरुको अभिव्यक्ति फरक–फरक हुन थाले । सत्ताकेन्द्रित नेताहरुका सहमतिका लागि गरिने गोप्य वार्तामा राष्ट्रिय एजेण्डाले कहिलै प्राथामिकता पाएनन् ।
उनिहरुले जनतालाई गुमराहमा पार्दै अलमलाइ राखे । जनताको सोझोपनको फाइदा उठाइरहे । वर्षभरि जनतालाई नपुंसक जस्तो बनाईदिए । वास्तविक लडाई केहि थिएन गुटगत ब्यक्तीगत लडाईले मुलुक अर्थतन्त्रले ठप्प भयो । यसको हिसाव किताव कसले माग्ने । लेखाजोखा गर्ने नीकाय नै नभएपछि नेताहरु लगाम बिणाका घोडा जस्ता भए । जता दोडिय पनि हुने । २०७९ सालको अन्त्यतीर नेताहरुको नाटक मंचनले बित्यो ।
यतिबेला हामी नया वर्ष २०८० को पूर्व सन्ध्यामा छौं । आफ्ना हक अधिकारका लागि आन्दोलन गर्दै आएका जनताले सत्तासीनबाट पटक पटक धोका पाएपछि वि.सं. १९९७ देखि हालसम्म अधिकारकै लागि राजनीतिक क्रान्तिले विश्राम लिनसकेको छैन । राणा शासनदेखि राजतन्त्र अन्त्यसम्मको आन्दोलनमा सफलता पाएको उदघोष गर्ने नेताहरुले जनता र मुलुकका मुद्धालाई कहिलै प्राथामिकतामा राखेनन् । राजनीतिक ब्यबस्था परिवर्तनलाई उपलब्धी मान्ने जनताले यसपटक पनि राजनीतिक दलहरुबाट धोका पाउने निश्चित प्रायः भइसकेको छ । मुलुकमा गणतन्त्रको घोषणा भइसकेपछि संवैधानिक राजतन्त्रसहितको संविधानको औचित्य स्वतः समाप्त भइसक्दा पनि राज्य संरचनामा बहस सुरु भएको छ । संवैधानिक राजतन्त्रको मुद्धा जवरजस्त रुपले आएको छ ।
संबैधानिक राजतन्त्र, हिन्दुराज्य पुनःस्थापनाको विषय सदन सडकमा आउन सुरु गरेको छ । नयाँ संविधान जारी भैई कार्यान्वन भैइसक्दा पनि नेपाली जनताले स्थीर सरकार पाउन नसकेकै कारण राज्य पुर्नसंरचनाले बहसमा आएको हो । २०७९ साल भरि यो मुद्धाले स्थान पाएको छ । राजनीतिक अस्थिरता पनि त्यहि गतिमा गएको छ । राजनीतिक संक्रमणले लामो समय लिनु शुभ मानिदैन । जति जति संक्रमणकाल लम्बिदै जान्छ त्यतित्यति जटिलता थपिदै जाने कुरा अकाट्य नै हो । यति कुरा बुझ्दा बुझ्दै पनि स्वार्थका पछाडि दौडिएका दलहरुले त्यागको राजनीति गर्न कहिल्यै जानेनन् । फलस्वरुप राजनीतिक दलप्रति जनताको विश्वास तथा समर्थन घट्दै गइरहेको पनि प्रष्ट देखिन्छ । विश्वास हराउदै गए पछिको आक्रोशित जनवललाई आफ्नो पक्षमा ल्याउन दरिलो अस्त्रको खोजी बिणा सम्भव देखिन्न । यो वर्ष यसपछिका केही समय दलहरुको विविध सफलता र असफलताबीचबाट २०७९ विदा भएको छ ।
समग्रमा भन्दा बि.स २०७९ नेपाल र नेपालीका लागि मिश्रित नै रहयो । यसैबीचमा समयको चक्रसँगै २०८० आइरहेको छ । २०८० नेपाली जनताका लागि सुखद बन्न सकेमा ऐतिहासिक रहनेछ । नेताहरुमा देखिएको मनमुटाबलाई तिलाञ्जलि दिइ सहमतिको राजनीतिलाई विकसित तुल्याउन सकोस् । जनभावनालाई सस्तो लोकप्रियतासँग सम्झौता गर्ने दलीय प्रवृतिमा सम्मान गर्ने शक्ति मिलोस् । सहमति र सहकार्यले दलहरुको मन जित्न सफल भइ देशको समग्र बिकास सुशासन होस यहि नै हाम्रो नयाँ वर्षको शुभकामना…।


